ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्र सुधार गर्न नसकिने अवस्थामा छैन : पूर्वअर्थमन्त्री खतिवडा


एबीसी / संवाददाता

बागमती, १७ वैशाख । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि शनिबार हेटौँडामा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यहरूको भूमिकासम्बन्धी अभिमुखीकरण कार्यक्रममा पूर्वगभर्नरसमेत रहेका डा खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्रका बारेमा फैलिएको नकारात्मक कुराको अन्त्य हुनुपर्ने बताए ।

“देशको अर्थतन्त्र बर्बाद भयो, नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्न लाग्योजस्ता व्यप्त हल्लाले आर्थिक क्षेत्रमा शंकाको वातावरण सिर्जना भएको हो”, उनले भने । त्यस्ता हल्ला रोकिए लगानी भित्रिन सक्ने उनले बताए । “अहिले बैंकहरूसँग निक्षेप भएर पनि र कर्जा लिन सक्ने क्षमता भएका व्यवसायीले पनि कर्जा लिन डराइरहेको अवस्था छ । नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुन्छ”, उनले भने । पूर्वमन्त्री खतिवडाले सरकारले लगानीको प्राथमिकता भने छुट्याउन सक्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सभाध्यक्षसमेत रहेका बागमती प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का प्रमुख सचेतक मधुसुदन पौडेल, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, पूर्वउपसभामुख पुष्पा भुसाल, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका सल्लाहकार धर्म स्वर्णकारलगायतले दिगो विकासका लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने कार्य तथा कानुन निर्माणका विविध पाटाका बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा २ लाख ३० हजार नाघ्यो

जेनजी आन्दोलन :बीमा दाबी २३ अर्ब ३९ करोड

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com