ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी वर्षा, भोलि दिनभर बदली हुने


एबीसी न्यूज
बैशाख १६, २०८० शनिबार  ६ : ५१ बजे

काठमाडौं, १६ बैशाख । काठमाडौंसहित देशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ । विगत करिब साढे दुई घण्टादेखि निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार यो वर्षा विस्तारै कम हुँदै जानेछ । निरन्तर पानी पर्ने छैन । तर, आजै राति १०/११ बजेतिर पुनः वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले बताए ।पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी वर्षा भएको उनले जानकारी दिए । यो अवधिमा काठमाडौंमा ३१।५ मिलिमिटर वर्षा मापन गरिएको उनले बताए । उनका अनुसार यो अवधिमा काठमाडौंपछि पोखरामा सबैभन्दा धेरै २३।२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

पछिल्लो तीन घण्टामा भने म्याग्दीमा सबैभन्दा बढी १७ मिलिमिटर वर्षा मापन गरिएको उनले जानकारी दिए । उनका अनुसार आजभन्दा भोलि मौसम ‘डिस्टर्ब’ हुनेछ । भोलि दिनभर मौसम बदली हुने उनले बताए ।

“तुलनात्मक रूपमा आजभन्दा भोलि मौसम डिस्टर्ब हुनेछ । बिहानैदेखि मौसम बदली हुने देखिन्छ,” उनले भने, “धेरै स्थानमा वर्षाको सम्भावना छ । कोसी प्रदेशमा दिउँसो हावाहुरीको सम्भावना पनि छ ।”

भोलि देशभर हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । काठमाडौंमा पनि आइतबार बिहानैदेखि बदली हुने मौसमविद् झाले बताए । “काठमाडौंमा दिउँसो १२र१ बजेपछि वर्षा हुने सम्भावना छ,” उनले भने ।

उनका अनुसार शनिबार मध्यम ‘क्याटगोरी’को वर्षा भएको छ । तर, यो झरी नभएको उनले बताए । “प्रिमनसुनमा निरन्तर झरी पर्दैन । केही समय रोकिने र पुनः पर्ने हुन्छ,” उनले भने, “प्रिमनसुनमा थोरै समयमा धेरै पानी पर्ने हुन्छ ।”

हाल देशमा पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभाव रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com