ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुढीगण्डकी आयोजना सरकारले हातमा लिएपछि स्थानियवासीमा चिन्ता


admin

काठमाडौं, १७ माघ । बर्तमान सरकारले चिनियाँ कम्पनीसँग गरेको सम्झौता रद्द गर्दै बुढीगण्डकी जलविद्युत आयोजना आफैंले बनाउने भनेपनि आयोजनाको निर्माणका बिषयमा स्थानीयबासीले भने चिन्ता व्यक्त गरेका छन् ।

(बुढीगण्डकी नदी)

बुढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बुधबार उर्जामन्त्रीसंग छलफल गर्दे आयोजना निर्माण नहुने होकी भन्ने चिन्ता व्यक्त गरेका हुन् ।

बुढीगण्डकी सरोकार समितिका पदाधिकारीले आयोजनालाई छुट्याएको बजेट पनि खर्च नगर्ने, मुआब्जा वितरण वर्षौवर्षसम्म लम्ब्याइरहने र पुनर्बासको योजना पनि नल्याउने गतिविधिले आयोजना नवन्ने आंशका पैदा नभएको बताएका थिए ।

एक पटक निर्धारण गरेको मुआब्जा वितरणमा ढिलाई गरेको प्रति उनीहरुले गुनासो गरेका थिए । स्थानीयहरु आयोजना बनाउन सकारात्मक हुँदाहुँदै सरकारकै कारण आयोजना नबन्ने खतरा देखिएको उनीहरुको भनाई छ ।

छलफलमा नया शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले उक्त आयोजना राष्ट्रिय गौरव भएकाले आयोजनामाथि राजनीति नगर्न सरकारको ध्यानाकर्षण गराउदै आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।

छलफलमा उपप्रधान एवं उर्जामन्त्री कमल थापाले सरकारले यो आयोजना कार्यान्वयन गर्न मानविय संवेदशनशिलतालाई पनि मध्यनजर गर्ने बताउनुभयो । उहाले आयोजनाबाट प्रभावित जनतालाई राहत दिदै आयोजनालाई अघि बढाउन सरकार तत्पर रहेको बताउनुभयो ।

त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करबाट नै आयोजना निर्माण हुने भन्दै आयोजनाका बिषयमा आशंका नगर्न आग्रह गर्नुभयो ।

बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास र पुनर्स्थापना इकाइ र जिल्ला प्रशासन कार्यालय कुन निकायले मुआब्जा वितरण गर्ने भन्ने अन्योलताका कारण चालु आर्थिक वर्षमा विनियोजन भएको १० अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । गत वर्ष ५ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा ४ अर्ब ३६ करोडमात्र विनियोजन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com