ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारविरुद्धको नेपालको खराब सुरूवात


एबीसी / संवाददाता
बैशाख १४, २०८० बिहीबार  ९ : ३२ बजे

काठमाडौँ, १४ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले खराब सुरूवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरूवात गरेको हो । यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा २ विकेट गुमाएर २६ रन बनाएको छ ।

आजको खेलमा पनि सदाझैँ ओपनर चल्न सकेनन् । दुवै ओपनर कुशल भुर्तेल २ रनमा आउट हुँदा भीम सार्कीले ६ रन बनाए । यस्तै, आशिफ शेख ५ तथा कप्तान रोहित पौडेल १२ रनमा खेलिरहेका छन् ।

नेपालले कतारलाई पराजित गर्दै समूहको विजेता बन्न चाहन्छ । नेपालले यसअघि खेलेको तीन खेलमा दुईमा जित र एकमा अंक बाँड्दै पाँच अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । तेस्रो नेपालले साउदी अरेबियासँग वर्षाको कारण अंक बाँडेको थियो ।

आजको खेलमा जित हासिल गरे नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल खेल्नेछ । कतार तीनै खेलमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । कतारको भने यस खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com