ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्लाई दुबईको चालक दलले पठायो प्रारम्भिक विवरण : एयर ट्राफिक कन्ट्रोलरलाई सन्देश पठाउँदै ‘मे डे, मे डे’ भनेका थिए


एबीसी न्यूज
बैशाख १३, २०८० बुधबार  ८ : २९ बजे

काठमाडौं, १३ बैशाख । फ्लाई दुबईको विमानका पाइलटले सोमबारको उडानको विवरण नागरिक उड्डयन प्राधिकरणलाई पठाएका छन् । प्रतिघण्टा ३६० किलोमिटरको गतिमा भुइँ छाडेर उड्दै गर्दा आगोको लप्का र ठूलो कम्पन बेहोरेको विमान कसरी गन्तव्यमा पुग्यो ? पाइलटले विवरण दिएका छन् । प्राधिकरण स्रोतबाट प्राप्त इमेल विवरणअनुसार फ्लाई दुबईको चालक दलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै अचानक ठूलो हलचल सामना गर्नुपरेको भनेका छन् । एफजेड–५७६ उडानमा १६८ यात्रु राखेर उडेका चालक दलले इन्जिन नम्बर २ (दायाँ इन्जिन) मा समस्या देखेका थिए । उनीहरूले उक्त इन्जिनको पछाडितर्फ रहने ईजीटी (एक्जस्ट ग्यास टेम्प्रेचर) प्रभावित भई ठूलै आवाज ककपिटभित्रै सुनिएको बताएका छन् ।

विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरलाई सन्देश पठाउँदै ‘मे डे, मे डे’ भनेका थिए । यो पाइलटले आपत्कालीन अवस्था वा कुनै संकट आइपर्दा सहयोग माग्न बोलिने शब्दावली हो । यस्तोमा नजिकैको विमानस्थलले अवतरणका लागि प्राथमिकता दिनुपर्छ ।

सोमबार राति ९ः१९ मा दुबईका लागि उडेको विमानका पाइलटहरूले काठमाडौंमै फर्किने गरी सहायता मागेका थिए । सँगै इन्जिनमा आगलागी हुँदा अपनाउनुपर्ने निर्देशिकालाई पालना गरेको उनीहरूको दाबी छ । जसअनुसार इन्जिन नम्बर १ (बायाँ इन्जिन) को भरमा काठमाडौं उपत्यकाभित्र उचाइ लिन ‘क्लाइम्ब’ गरिरह्यो । तर, समस्या देखा परेको इन्जिन बन्द नगरिएको जानकारी उनीहरूले दिएका छन् ।

त्यसबेला चालक दलले ईओपी (इन्जिन आउट प्रोसिजर) पालना गरेको भनिएको छ । कुनै एक इन्जिनमा समस्या देखापरे अर्को इन्जिनको भरमा मात्रै कसरी जहाजलाई सुरक्षित उडान गर्नेलगायतका गाइडलाइन ईओपीमा हुन्छन् । २० हजार फिट उचाइमा रहेका बेला चालक दलले विमानलाई धादिङमाथिको आकाश (धार्के नाम दिइएको हवाई बिन्दु) मा पुर्‍याउँदै करिब १४ मिनेट फन्को लगाइरहे । अमेरिकी कम्पनी बोइङको ७३७ विमान ‘होल्ड’ स्थितिमा ६ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा परिक्रमा गरिरहेको थियो, त्यसैबेला ककपिटमा सबै सामान्य हुँदै गएको चालक दलले इमेलमा उल्लेख गरेको छ । दुबईमा रहेको आफ्नो कम्पनीको एमसीसी (मेन्टिनेन्स कन्ट्रोल सेन्टर) लाई सम्पर्क गरेको पनि उनीहरूको भनाइ छ ।

उनीहरूले सिनियर क्याबिन क्रुलाई ककपिटमै बोलाई दुई नम्बर इन्जिनमा आएको समस्या र समाधान गर्न अपनाएका विधिबारे विस्तारमा सुनाएका थिए । ‘काठमाडौंबाट उड्नेबित्तिकै विमानको इन्जिनबाट आगो निस्किएको क्याबिन क्रुबाट थाहा भयो,’ इमेलमा लेखिएको छ ।

प्रायः अन्तर्राष्ट्रिय उडान गर्ने ठूला वायुसेवा कम्पनीका विमानले आपत्कालीन अवस्थामा सेटलाइट फोन वा भीएचएफ रेडियोबाट आफ्नो कम्पनीबाट प्राविधिक सल्लाह लिन्छन् । फ्लाई दुबईका पाइलटले इमेलमा लेखेका छन्, ‘हामीले घटनाबारे दुबईमा रहेको एमसीसीलाई व्याख्या गर्‍यौं । त्यसपछि दुवै इन्जिनका प्यारामिटरलाई सूक्ष्म ढंगले निगरानी गर्दै दुबई नै जाने योजनामा उत्साहित भयौं ।’ दुबईमा रहेका आफ्ना कम्पनीका प्राविधिकको सल्लाहपछि विमानलाई २० हजार फिटको उचाइबाट २८ हजारमा पुर्‍याउँदै उडानलाई निरन्तरता दिएको उनीहरूको भनाइ छ । विमानले उडान योजनाअनुसारको उचाइ लिएर ‘क्रुज’ मा पुगेका बेला मात्रै काठमाडौं विमानस्थलका एटीसीले धावनमार्गमा चराको प्वाँख भेटिएको जानकारी गराएको र त्यसबाट आफूहरूले गरेको ‘बर्ड हिट’ को आशंकालाई थप बल मिलेको उनीहरूको भनाइ छ । प्राधिकरणले भने फ्लाई दुबईसँग चरा ठोकिएको घटनालाई आधारहीन भनेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पर्यटनमन्त्री सुदन किरातीले चरा ठोकिएको भन्ने खबर हल्ला मात्र भएको भन्दै त्यसको खण्डन गरेका छन् । यस विषयमा प्राधिकरणले फ्लाई दुबईको नेपालस्थित कार्यालयका अधिकारीको पास रोक्का गर्दै सम्बन्धित वायुसेवासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ । विमानको प्राविधिक जाँचपछि जारी प्रतिवेदनबाट मात्र घटनाको विस्तृत कारण खुल्नेछ । इन्जिनमा आगोको लप्का देखिएपछि काठमाडौंकै आकाश आसपासमा अलमलिएर फेरि अघि बढेको विमानले दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समयअनुसार राति २ बजे अवतरण गरेको थियो । आकाशमा ‘होल्ड’ गर्दा र एउटा इन्जिनको भरमा काठमाडौं छाड्दै गर्दा चालक दलले ‘मिनिमम डाइभर्सन’ (न्यूनतम इन्धन) भएको भनी दुबई विमानस्थलमा रिपोर्ट गरेका थिए । त्यसैका आधारमा विमानलाई दुबई विमानस्थलले अवतरणमा प्राथमिकता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com