काठमाडौं, ११ बैशाख । चितवन–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।सोमबार दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् ।इच्छाकामना गाउँपालिका(१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।







प्रतिक्रिया दिनुहोस्