ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्छ – आयुक्त बाँस्कोटा


admin

काठमाडौँ, १७ माघ । अपाङ्ता भएका व्यक्तिलाई सहज वातावरण सिर्जना गर्नका लागि राज्यले अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

करुणा फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘सञ्चारकर्मी र अपाङ्गता भएका व्यक्ति’बीचको छलफलमा वक्ताहरुले अपाङ्गता भएका व्यक्तिलाई हरेक क्षेत्रमा सहज पहुँचका लागि भौतिक संरचना निर्माण अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राष्ट्रिय योजना आयोगमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व भएमात्र अपाङ्गमैत्री संरचना निर्माण हुने बताउनुभयो ।

“घर, अस्पताल, बस, हवाईजहाज, सरकारी भवन, चर्पीलगायतका संरचना अपाङ्गमैत्री हुनुपर्छ,”– उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अपाङ्गता भएका व्यक्तिका सवालमा सञ्चारमाध्यामभित्र गम्भीर समीक्षा हुनु जरुरी छ भन्नुभयो ।

नेपाल प्रेस काउन्सिलका सदस्य संगीता खड्काले अपाङ्गता भएका व्यक्तिलाई सम्बोधनका लागि प्रेस काउन्सिलले जारी गरेको अपाङ्गसम्बन्धी निर्देशिकालाई कार्यान्वयनमा ल्याउन जोड दिनुभयो ।

डा. राजु ढकालले विभिन्न सञ्चारमाध्यमले अपाङ्ग भएका व्यक्तिलाई सम्बोधन गर्ने तरिकामा फरक हुँदा तिनको इच्छाशक्तिमा ह्रास आउने भएकाले सम्मानजनक शब्द प्रयोग गर्न सुझाब दिनुभयो । सो अवसरमा अपाङ्ग व्यक्तिको जनहितका लागि जारी युट्युव भिडियो सार्वजनिक गरिएको थियो ।

फाउण्डेशनका अध्यक्ष गोविन्द अधिकारीले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको यस संस्थाले अपाङ्गताको क्षेत्रमा पनि महत्वपूर्ण कार्य गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com