काठमाडौँ, ११ बैशाख । तनहुँ १ मा ५ हजार मत गनेर सकिएको छ।
बिहान ४ बजेसम्म आँबु १, भानु १० र भानु ८ को ५ हजार १० मत गणना भएको हो।
हालसम्मको परिणामअनुसार घण्टी (स्वर्णिम वाग्ले/रास्वपा) दोब्बर मतले अगाडि छ।
घण्टीले २ हजार ७६७ मत ल्याउँदा दोस्रोमा रुख (गोविन्द भट्टराई/कांग्रेस) मत एक हजार २८५ मत प्राप्त गरेको छ।
यस्तै तेस्रोमा रहेको सूर्य -सर्वेन्द्र खनाल को मत ८२० रहेको छ।







प्रतिक्रिया दिनुहोस्