ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पञ्जाबले मुम्बईलाई हरायो


एबीसी / संवाददाता
बैशाख १०, २०८० आईतबार  १० : १० बजे

काठमाडौँ, १० वैशाख । अर्शदीप सिंहले ४ विकेट लिएपछि पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई हराएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत वानखेडे स्टेडियममा गएराति भएको खेलमा पञ्जाब १३ रनले विजयी भएको हो ।

पञ्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रनमात्रै बनाउन सक्यो। मुम्बईका लागि क्यामरून ग्रीन र सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे ।

ग्रीनले ४३ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ६७ रन बनाउँदा यादवले २६ बलमा ७ चौका र तीन छक्का प्रहार गर्दै ५७ रनको योगदान ग रे।

कप्तान रोहित शर्माले २७ बलमा ४ चौका र तीन छक्कासहित ४४ रन बनाए । टिम डेभिडले नटआउट २५ रनको योगदान गरे ।

बलिङतर्फ पञ्जाबका अर्शदीप सिंहले चार विकेट लिँदा नाथन इलिस र लियम लिभिङ्स्टोनले एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले ८ विकेटको क्षतिमा २१५ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शाम कुरानले २९ बलमा ५ चौका र ४ छक्काको मद्धतबाट ५५ रन बनाए ।

हरप्रित सिंहले २८ बलमा ४ चौका र दुई छक्का प्रहार गरी ४१ रन बनाए । अथर्व ताइडेले २९, प्रभशिम्रन सिंहले २६, जितेस शर्माले २५ र म्याथ्यू सर्टले ११ रनको योगदान गरे ।

बलिङमा मुम्बईका क्यामरून ग्रीन र पियुस चावलाले दुई विकेट लिए । अर्जनु तेन्डुलकर, जेसन बेरेन्ड्रफ र जोफ्रा आर्चरले समान एक–एक विकेट लिए ।

जितसँगै पञ्जाब ८ अंकसहित तालिकाको पाँचौँ स्थानमा पुगेको छ । मुम्बई ६ अंकसहित सातौँ नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

आईपीएल क्रिकेटमा पञ्जावको लगातार पाँचौँ हार

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com