ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपेन्द्र, रवि, स्वर्णिम, सवेन्द्र र राप्रसादले मतदान गर्न नपाउने (तस्बिरहरू)


ABC NEWS

काठमाडौं १० बैशाख ।  तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं२ र बारा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान जारी छ । तर बारा क्षेत्र नं. २ मा उपेन्द्र यादवले मतदान गर्न पाउने छैनन् । उनी त्यहांका मतदाता होइनन् । त्यसैगरी चितवन २ मा रवि लामिछाने र एमालेका रामप्रसाद न्यौपानेले पनि मतदान गर्न पाउने छैनन् । लामिछाने काठमाडौ. र न्यौपाने चितवन ३ का मतदाता हुन् ।

तनहुंमा एमालेका सर्वेन्द्र खनाल र रास्वपा स्वर्णिम वाग्लेले मतदान गर्न पाउने छ्रैनन् । उनीहरु दुवै जना काठमाडौंका मतदाता हुन्

मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । मतदान साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले आग्रह गरे । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् ।

twitter sharing button
email sharing button
sharethis sharing button
तनहुँ १ मा मतदान गर्दै मतदाता। तस्बिर: कृष्ण न्यौपाने/रासस।
तनहुँ १ मा मतदान गर्दै मतदाता। तस्बिर: कृष्ण न्यौपाने/रासस।

आज तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन भइरहेको छ।

तीनै क्षेत्रमा बिहानैदेखि मतदाता केन्द्रमा पुगेका छन्। बिहान ७ बजेदेखि मतदान सुरू भएको छ। अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइनेछ।

अहिलेसम्म शान्तिपूर्ण नै मतदान भइरहेका छन्।

उपनिर्वाचन भइरहेका क्षेत्रमा आज पासबिनाका सवारी साधन चल्न दिइएको छैन।

तस्बिरहरू:

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराई ,एमालेका तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा स्वर्णिम वाग्ले उम्मेदवार रहेका छन् । नेकपा (एमाले)का तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार डा स्वर्णिम वाग्लेको जिल्लामा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ ।

चितवनमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए । गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । एमालेका न्यौपाने र रास्वपाका लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेकाले भाेट हाल्न नपाइने जनाइएको छ ।

यस्तै बारा २ मा १ लाख ५ हजार ११ मतदाता छन् । मतदानका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रीय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत ११ दल र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् । मतदान गर्न मतदान गर्न पुगेका मतदाताहरुलाई सुरक्षाकर्मीहरुले शरीर खानतलासी गरेर मात्रै पठाएका छन्

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com