ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रासायनिक मल र गहुँ नेपाललाई दिन रुस तयार


ABC NEWS
बैशाख ८, २०८० शुक्रबार  ४ : २६ बजे

 

काठमाडौँ ८ बैशाख । रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन सकारात्मक देखिएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन् ।

रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताए । त्यसका लागि नेपालले मन्त्री परिषद्‌बाट निर्णय गरेर प्रक्रिया अगाडि बढाउन उनको आग्रह थियो ।

अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्कोबीच भएको भेटमा नेपाल र रुसबीचको सिधा हवाईसेवा सुरु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत् आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।

भेटवार्तामा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकोप्टर र मोटरसाइकल उपलब्ध गराउने विषयमा छलफल भएको उपप्रधानमन्त्रीको कार्यालयलाई उदृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ । ‘दिमित्री चेर्निसेन्को र गणेशप्रसाद तिमिल्सिनाले नेपाललाई खाद्यान्न, रासायनिक मल, रुसी हेलिकोप्टर र मोटरसाइकल उपलब्ध गराउने अवसर र चेस प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने विषयमा पनि छलफल भएको छ,’ समाचारमा उल्लेख छ ।

ुतपाईंको भ्रमण एउटा उल्लेखनीय कार्यक्रम बन्ने र रुस–नेपालबीचको अन्तरक्रियालाई प्रोत्साहन दिने मलाई विश्वास छ । नेपाल दक्षिण एसियामा रुसको लामो समयदेखिको साझेदार हो, हाम्रा जनताबीच मित्रताको बलियो सम्बन्ध छ । रुस र नेपालबीचको सम्बन्ध सुमधुर छ । सधैं समानता र आपसी सम्मानको आधारमा निर्माण गरिएको छ,ु चेर्निसेन्कोले उपप्रधानमन्त्रीको कार्यालयलाई उदृत गर्दै तासले उल्लेख गरेको छ ।

उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा उर्जा, पर्यटन, व्यापार क्षेत्रमा लागनी अभिवृद्धि र यातयात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भइ लगानीमैत्री वातावरण बन्दै गएकोले पूर्वाधार र उर्जा क्षेत्रमा रुसी लगानी भित्रने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित स् वैशाख ८, २०८० १३स्१२

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

सम्बन्धित

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com