ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तयारी पोशाक स्वदेशी उत्पादनको बजार हिस्सा बढ्दै


abc

काठमाडौं, ८ बैशाख । रासस कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोशाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिष्पर्धी बन्दै गएपछि तयारी पोशाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पोशाक उत्पादक सङ्घको भनाइ छ ।

कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । तत्कालीन समयमा कोरोना महामारी रोकथाम तथा न्यूनिकरणका लागि लागू भएको बन्दाबन्दीका कारण आयात ठप्प जस्तै भयो । तत्कालीन समयदेखि स्वदेशी उत्पादनको खपत र माग दुवै बढ्न थालेको सङ्घको बुझाइ छ ।

कोरोना महामारीअघि विभिन्न नाममा स्वदेशी तयारी पोशाक बिक्री हुन भएपनि त्यसपछि भने नेपाली ब्राण्डमै बढी उत्पादन हुन थालेको जानकारहरु बताउँछन् । सङ्घको तथ्याङ्कअनुसार कोरोना महामारी सुुरु हुनुभन्दा अघि सन् २०१८र१९ मा नेपालमा रु ३१ अर्ब ८३ करोड बराबरको तयारी पोशाक विभिन्न देशबाट आयात भएको थियो । जबकी सन् २०२०र२१ मा रु २४ अर्ब २ करोडको पोशाक आयात भएको थियो ।

“कोरोना महामारी सुरु भएपछि तयारी पोशाकको आयात रु ८ अर्बले घटेको देखिन्छ”, सङ्घका अध्यक्ष किशोर नेपालले भन्नुभयो, “लकडाउनका कारण आयात नभएपछि त्यो ‘स्पेस’ स्वदेशी उत्पादक कम्पनीले पूरा गरेका हुन् ।” स्वदेशी तयारी पोशाक उत्पादक कम्पनीले गुणस्तरमा ध्यान दिन थालेपछि माग पनि बढ्न थालेको उहाँको भनाइ छ ।

सङ्घका अनुसार एक जना व्यक्तिले वर्षमा औसतमा ४० मिटर वा १२ जोर तयारी पोशाक खपत गर्छ । जसमध्ये हाल ३३ प्रतिशत हिस्सा स्वदेशी उत्पादनको रहेको सङ्घको भनाइ छ । “सन् २०२१र२२ मा २२ करोड चार लाख ८१ हजार ४२० वटा तयारी पोशाक आयात भएको छ”, अध्यक्ष नेपालले भन्नुभयो, “विदेश गएकालाई छाडेर दुई करोड ५० लाख जनसङ्ख्यालाई हिसाब गर्ने हो भने औसतमा आठ वटा पर्छ, बाँकी चार वटा स्वदेशी उत्पादनबाट खपत भएको छ ।” उहाँका अनुसार कोरोना अघि १० प्रतिशत रहेको स्वदेशी उत्पादनको बजार हिस्सा यतिबेला बढेर ३३ प्रतिशतभन्दा बढी पुगेको छ ।

उहाँका अनुसार नेपालमा वार्षिक २० करोडदेखि २२ करोड जोरसम्म तयारी पोशाक आयात हुने गरेको छ । यद्यपि कोरोना महामारीका कारण लकडाउन भएको वर्ष भने १५ करोड जोरमा सीमित भएको थियो ।
“नयाँ पुस्ताको छनोटमा नेपाली उत्पादन पर्न थालेका छन्, जुन हाम्रा लागि खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “बजारीकरण र प्रबद्र्धनमा ध्यान दिन सकियो भने निर्यातको सम्भावना पनि उत्तिकै छ ।” तयारी पोशाकका लागि प्रयोग हुने ५० प्रतिशतभन्दा बढी कच्चा पदार्थ पनि आयात गर्न नपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष नेपालका अनुसार पछिल्लो समय बजारमा माग बढेपनि जनशक्तिको अभावले माग अनुसारको आपूर्ति हुन सकेको छैन । कूल कामदारमध्ये नेपाली कामदार २० प्रतिशत मात्रै छन् भने बाँकी ८० प्रतिशत जनशक्ति भारतलगायत अन्य मुलुकबाट ल्याउनु पर्ने अवस्था छ । नेपाली दक्षजनशक्ति उत्पादनका लागि सङ्घले समेत विभिन्न तालिम दिने गरेको छ ।

सङ्घका अनुसार काठमाडौँ उपत्यकामा मात्रै चार सयभन्दा धेरै उद्योग सञ्चालनमा छन् । यहाँ उत्पादन हुने तयारी पोशाक काठमाडौँ बाहिरको बजारसम्म पुग्ने गरेको सङ्घको भनाइ छ । सङ्घका अनुसार देशभर सञ्चालित करिब पाँच सय उद्योगले वार्षिक रु २५ अर्बको कारोबार गर्दै आएका छन् ।

कोभिडपछि बजारको माग अनुसार डिजाइन र गुणस्तरमा ध्यान दिन थालेपछि सबै उमेर समूहले मन पराउन थालेको गार्मेन्ट व्यवसायी पुजा जोशीले बताउनुभयो ।

सङ्घका उपाध्यक्ष राजकुमार कार्कीले स्वदेशमै जनशक्ति उत्पादनका लागि सुदूरपश्चिम प्रदेशमा तीन सयभन्दा बढी मुक्त कमलरीलाई नि:शुल्क तालिमका साथै रोजगारी पनि उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको जनशक्तिले माग अनुसारको उत्पादन गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, जनशक्ति उत्पादनका लागि तालिममा जोड दिएका छौँ ।” उहाँका अनुसार हाल नेपाली तयारी पोसाक उत्पादक सङ्घ र अल्कापुरी फाउन्डेसनबीच सहकार्य गर्दे जनशक्ति उत्पादन गर्ने र पोसाक उत्पादन गर्दै आएको छ ।

निर्यात पनि
नेपालमा उत्पादित तयारी पोसाक विभिन्न १० भन्दाबढी देशमा निर्यात भइरहेको सङ्घले जनाएको छ । हाल चीन, भारत, थाइल्याण्ड, इन्डोनोसिया, बङगलादेश, कोम्बिया, भियतनाम, जापान, बेलायत र यूएईलगायतका देशमा उहाँ उत्पादित तयारी पोशाक निर्यात भइरहेको छ ।

नेपालमा उत्पादित सिस्नो, अल्लो, मकैको खोस्टा, भेडाको ऊन जस्ता कच्चापदार्थको प्रयोगबाट राम्रो उत्पादन हुने भए पनि मूल्यवृद्धिका कारण केही कच्चापदार्थ महङ्गो परेको सङ्घको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

सुनकोशीमा फेला परेको शव सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको

सम्बन्धित

प्रतिपूरक वृक्षरोपण गर्न जग्गा खोजी

नक्कली भूटानी शरणार्थी प्रकरण सरकारी वकिलको थुनछेक बहस सकियो

अर्थ मन्त्रालयमा पूर्वकर्मचारीकाे नियुक्तिबारे स्पष्ट पार्न माग

चार स्थानमा पुल निर्माण गरिने

फिक्कल गाउँपालिका स्तरीय बाल भेला सम्पन्न

सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com