ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच संसदीय समिति गठनबारे वानटु वान छलफल


ABC NEWS
बैशाख ८, २०८० शुक्रबार  १ : ४७ बजे

 

काठमाडौं ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शुक्रवार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। सो भेटको बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिँदै अध्यक्ष ओलीले समसामयिक विषयमा कुराकानी भएको बताए।

उनले भने, ‘अहिलेसम्म त्यस्तै त्यस्तै छ। विभिन्न समसामयिक विषयमा कुराकानी भयो।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा आएर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरी लगायतका नेताहरुसँग पनि छलफल गरेका थिए।

प्रधानमन्त्री दाहाल र ओली बीचको भेटवार्ताको बारेमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताहरुका बीचमा कुराकानी भएको बताए।

छलफल भएपनि कुनै निस्कर्ष भने ननिस्किएको ब्रिफिङ अध्यक्ष ओलीले आफूहरु समक्ष गर्नुभएको उनको भनाई छ।

उनले भने, ‘खासगरी अहिले विषयगत समिति र संयुक्त समिति जुन छन्, कसरी यो समस्यालाई हल गर्ने, छिटोभन्दा छिटो कसरी समिति निर्माण गरेर काम अगाडि बढाउने भन्ने विषयमा छलफल भयो। छलफल सघन ढंगले नै भयो तरपनि निस्कर्ष केही भएको छैन। त्यही ढंगले छलफल गर्यौं मात्रै भन्नुभयो। विषयगत समिति र संयुक्त समितिमा नै विशेषगरी छलफल केन्द्रित थियो। त्यस विषयमा छलफल चाहीँ भयो निस्कर्ष केही भएन भन्ने कुरा राख्नुभयो।’

प्रमुख सचेतक गिरीले दुई नेताहरुका बीचमा कुनैपनि समझदारी बन्न नसकेको स्पष्ट पारे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com