ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजस्थानमाथि लखनउको रोमाञ्चक जित, अंक बराबरी


ABC NEWS

 

काठमाडौं ७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले यस सिजनकै कम स्कोर डिफेण्ड गर्दै शीर्ष स्थानको राजस्थान रोयल्समाथि १० रनको रोमाञ्चक जित हात पारेको छ । यस सिजन चौथो जितपछि लखनउले राजस्थानसँग अंक बराबरी समेत गरेको छ । दुवैको ६ खेलबाट समान ८ अंक छ । तर नेट रनरेटका आधारमा राजस्थान शीर्ष स्थानमै छ ।

पहिलो र दोस्रो स्थानको टोलीबीच भएको खेलमा दोस्रो स्थानको लखनउले १४४ रनको स्कोर डिफेण्ड गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको दखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो । लखनउले दिएको १५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ४४ र अर्का ओपनर जोस बटलरले ४० रन बनाए । पहिलो विकेटका लागि यो जोडीले ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि दुवैलाई लखनउका मार्कुस स्टोइनिसले आउट गरेपछि राजस्थानको रन गति घटेको थियो । देतदत्त पडिकलले २६ रन बनाउदा रियान पराग १६ रनमा अविजित रहे ।

राजस्थानलाई जितबाट रोक्न लखनउका लागि आभेस खानले ३ र मार्कस स्टोइनसले २ विकेट लिए ।

त्यसअघि ओपनर कायल मेयर्सको अर्धशतक मद्दतमा लखनउले १५४ रन बनायो । लखनउका मेयर्सले ४२ बलमा ४ चौका तथा ३ छक्का मद्दतमा सर्वाधिक ५१ रन बनाए । कप्तान केएल राहुलले ३९ रन बनाए । मार्कस स्टोईनसले २१ र निकोलस पुरनले २० रन बनाए ।

राजस्थानका लागि रविचन्द्रन आश्विनले २ तथा सन्दीप शर्मा, जेसन होल्डर र ट्रेन्ट बोल्टले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com