ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजस्थानमाथि लखनउको रोमाञ्चक जित, अंक बराबरी


ABC NEWS
बैशाख ७, २०८० बिहीबार  ७ : ०६ बजे

 

काठमाडौं ७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले यस सिजनकै कम स्कोर डिफेण्ड गर्दै शीर्ष स्थानको राजस्थान रोयल्समाथि १० रनको रोमाञ्चक जित हात पारेको छ । यस सिजन चौथो जितपछि लखनउले राजस्थानसँग अंक बराबरी समेत गरेको छ । दुवैको ६ खेलबाट समान ८ अंक छ । तर नेट रनरेटका आधारमा राजस्थान शीर्ष स्थानमै छ ।

पहिलो र दोस्रो स्थानको टोलीबीच भएको खेलमा दोस्रो स्थानको लखनउले १४४ रनको स्कोर डिफेण्ड गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको दखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो । लखनउले दिएको १५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ४४ र अर्का ओपनर जोस बटलरले ४० रन बनाए । पहिलो विकेटका लागि यो जोडीले ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि दुवैलाई लखनउका मार्कुस स्टोइनिसले आउट गरेपछि राजस्थानको रन गति घटेको थियो । देतदत्त पडिकलले २६ रन बनाउदा रियान पराग १६ रनमा अविजित रहे ।

राजस्थानलाई जितबाट रोक्न लखनउका लागि आभेस खानले ३ र मार्कस स्टोइनसले २ विकेट लिए ।

त्यसअघि ओपनर कायल मेयर्सको अर्धशतक मद्दतमा लखनउले १५४ रन बनायो । लखनउका मेयर्सले ४२ बलमा ४ चौका तथा ३ छक्का मद्दतमा सर्वाधिक ५१ रन बनाए । कप्तान केएल राहुलले ३९ रन बनाए । मार्कस स्टोईनसले २१ र निकोलस पुरनले २० रन बनाए ।

राजस्थानका लागि रविचन्द्रन आश्विनले २ तथा सन्दीप शर्मा, जेसन होल्डर र ट्रेन्ट बोल्टले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश, भेटिएन थुनेर अनुसन्धान गर्नुपर्ने कारण

काठमाडौँ उपत्यकामा मध्यम वर्षाको सम्भावना

काठमाडौंका विभिन्न शैक्षिक परामर्श केन्द्रबाट ६९ जना पक्राउ

विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै

आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ७ विकेटले हरायो

१ सय रूपैयाँभन्दा बढीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com