ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोहोरो नागरिकता लिएको भन्दै कांग्रेस र माओवादीका पूर्वमन्त्रीसहित १२नेता विरुद्ध उजुरी


ABC NEWS

 

काठमाडौं ५ वैशाख । उदयपुरबाट प्रतिनिधिसभामा निर्वाचित डा. नारायण खड्काले दोहोरो नागरिकता लिएको भन्दै छानबिन गर्न माग राखी गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ।

पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता खड्काको नागरिकता छानबिन गर्न माग राख्दै सिन्धुलीका युवराज पौडेल सफलले सोमबार उजुरी दिएका हुन्। उजुरीमा खड्कासहित उच्च पदस्थ १२ जनाको नेपाली नागरिकता र पिआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ।

राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा. स्वर्णिम वाग्ले, डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडूको दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको छ।

डा. खड्का नेपाली कांग्रेसको राजनीतिमा आउनुअघि क्यानडामा बसोबास गर्थे। उनकी श्रीमती क्यानडेली नागरिक हुन्। उजुरीकर्ता पौडेलले रवि लामिछानेविरुद्ध अदालतमा उजुरी गरेर उनको मन्त्री र सांसद पद नै खारेज गराएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com