ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुडानमा सैनिक कलह : १ सय ८५ को मृत्यु, १ हजार ८०० घाइते


ABC NEWS
बैशाख ५, २०८० मंगलबार  ४ : ५९ बजे

 

काठमाडौँ ५ बैशाख । (एजेन्सीको सहयोगमा)सुडानमा केही दिनदेखि जारी द्वन्द्वको क्रममा मृत्यु हुनेको संख्या कम्तीमा १८५ पुगिसकेको छ । १ हजार ८०० जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरूले दिएको यो तथ्यांकभन्दा धेरै मानिसको मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ । जारी लडाइँका बीच राजधानी खार्तुमका सडक र आसपासमा लडिरहेका शव उठाउन नसकिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

मृत्यु हुनेमा ९७ जना आम नागरिकहरू रहेको पनि बताइएको छ । सुडानमा दुई सुरक्षा निकायबीच द्वन्द्व चर्किँदा पछिल्लो केही दिनयता झडप भएको छ । हाल सरकारी सेना र र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ० बीच झडप भएको हो ।

आरएसएफ र सेनाले राष्ट्रपति रहने क्षेत्र‚ खार्तौम विमानस्थल र अन्य महत्त्वपूर्ण क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दाहरूलाई भने सुरक्षित स्थानतर्फ जान आदेश दिइएको छ ।

आरएसएफले भने यो भीडन्तलाई ुआफ्ना जनताको अधिकार पुनर्स्थापना गर्ने लडाइँु भन्दै आएको छ । ुनयाँ क्रान्तिले अझै आफ्नो महान लक्ष्यहरू प्राप्त गरिरहेको छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण लक्ष्य हो, नागरिक सरकारको गठन । जसले हामीलाई वास्तविक लोकतान्त्रिक संक्रमणतर्फ लैजानेछ,ु आरएसएफको विज्ञप्तिमा उल्लेख छ । आरएसएफका कमाण्डर मोहम्मद हमदान दागालोले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अन्य मित्र राष्ट्रहरूसँगको वार्तापछि यस्तो निर्णय भएको बताएका हुन् । उनले यसअघि नै सर्वसाधारणलाई सुरक्षित अवतरण गराउन र घाइतेहरूको उद्धार सुनिश्चित गर्न २४ घण्टाको युद्धविराम स्वीकृति गरेको जनाएका थिए ।

सरकारी सेनाले भने एक विज्ञप्ति जारी गर्दै २४ घण्टाको युद्धविरामका सम्बन्धमा मध्यस्थकर्ता वा अन्तर्राष्ट्रिय समुदायसँगको कुनै पनि समन्वयबारे आफू अनजान रहेको जनाएको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफूले ुहेमेत्तीु भनेर चिनिने आएरएसफका प्रमुख मोहम्मद हमदान दागालो र सेना प्रमुख अब्देल फत्ताह अल(बुर्हानसँग छुट्टाछुट्टै वार्ता गरेको जनाएका छन् । साथै लडाइँलाई थप नलम्ब्याउन पनि उनले दुवै पक्षलाई चेतावनी दिएको बताएका छन् ।

आएरएसफले गत साता नै राजधानीका प्रमुख स्थान नियन्त्रणमा लिएको दाबी गरेपछि सेनाले पनि आरएसएफको बेसक्याम्प रहेको क्षेत्रमा हवाई आक्रमण गरेको थियो । उक्त हवाई आक्रमणपछि दुवै पक्षबीच गोली हानाहान भएको हो ।

सन् २०२१ मा सैन्य कु भएपछि सेनाले नै त्यहाँको राज्य सञ्चालन गर्दै आएको छ । सन् २०२१ अक्टुबर २५ मा जनरल अब्देल फत्ताह अल(बुर्हानले सत्ता कब्जा गरी सैन्य बलबाटै सुडानको राज्य सञ्चालन गर्दै आएका छन् ।

कसरी सुरु भयो भीडन्त रु

सन् २०२१ मा सैन्य कु भएसँगै काउन्सिल अफ जनरलबाट राज्य सञ्चालन गरिएको हो । यसबीचमा राज्यकै अर्धसैन्य बलको रुपमा रहेको आरएसएफ र सेनाबीच विवाद चर्किँदै पछिल्लो समय सशस्त्र द्वन्द्वको रुप लिएको हो ।

सेना प्रमुख अब्देल फत्ताह र आरएसएफका प्रमुख हेमेत्तीबीच राज्य सञ्चालनको विषयलाई लिएर विवाद चर्किरहेको थियो । यसबीचमा आरएसएफ मातहतका १ लाख अर्धसैनिकलाई सेनामा आबद्ध गर्ने विषयले द्वन्द्वको रुप लिएको हो ।

दुई पक्षबीचको द्वन्द्वका कारण राजधानी शहरका मानिसहरू घर बाहिर निस्कन सकिरहेका छैनन् ।भीडन्तका कारण राज्य नै पक्षघातको अवस्थामा पुगेको अन्तर्राष्ट्रिय मिडियाले टिप्पणी गरेका छन् । अलजजिरामा प्रकाशित समाचार अनुसार आरएसएफका इलाकामा सेनाले थुप्रै हवाई आक्रमण गरिरहेको छ । अन्तर्राष्ट्रिय समुदायले भीडन्त रोक्न आह्वान गरिरहे पनि विस्फोटका आवाज सुनिने क्रम रोकिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com