ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसी विधेयकमा सहमति गर्न बालुवाटारमा सत्तारुढ पाँच दलको बैठक


ABC NEWS

 

काठमाडौं ४ बैशाख । संक्रणमकाली न्याय निरुपणसम्बन्धी विधेयकबारे छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा सुरु भएको छ।

सोमबार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफलपछि पाँच दलको अलग्गै बैठक बालुवाटारमा केहीबेरअघि सुरु भएको हो।

सत्ता साझेदार ५ दलले टीआरसी सबन्धी विधेयकलाई संसदबाट टुंगोमा पुर्‍याउने तयारी गरेका छन्। उता एमालेले भने यो विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने अडान लिइरहेको छ।

टीआरसीबारे एमालेको अडान स् अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्चको आदेशविरुद्ध जान सकिँदैन

यो बैठकमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।

त्यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।

उता एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डेको उपस्थिति छ।

अर्कातिर जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी सहभागी छन्।

सोमबार बिहान बालकोटमा भएको तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संक्रमणकालीन न्याय निरुपणसम्बन्धी कानुन बनाउँदा अन्तर्राष्ट्रिय मापदण्डबाट दायाँबायाँ हुन नहुने अडान लिएको थियो।

बालकोटमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा एमालेले टीआरीससम्बन्धी विधेयकमाथि संसदीय समितिमा पहिले छलफल गरिनुपर्ने पनि एमालेको शर्त थियो।

बालकोट बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्ने सहमति तीन दलले गरेका थिए।

तर, सोमबार अपराह्न प्रधानमन्त्रीले टीआरसीसम्बन्धी विधेयकलाई लिएर सत्तारुढ दलसँग छलफल अघि बढाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com