ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा बस दुर्घटनामा ४५ को मृत्यु


admin

नयाँदिल्ली, १६ माघ । भारतको पश्चिमी राज्य वेस्ट बङ्गालमा सोमबार भएको बस दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४५ पुगेको छ ।

प्रान्तीय राजधानी कोलकताबाट २२० किलोमिटर टाढा रहेको मुर्सिदाबाद जिल्लामा अवस्थित पुरानो पुल पारगर्ने क्रममा उक्त बस नदीमा खसेको थियो ।

यस दुर्घटनामा परी सोमबार नै कम्तीमा ३५ जनाको मृत्यु भएको थियो । दुर्घटनाग्रस्त बसमा रहेका थप १० को शव नदीबाट निकालिएपछि मङ्गलबार सो सङ्ख्या ४५ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बसमा करिब ५० यात्रु सवार रहेका र जालाङगी नदीमा बनाइएको एउटा पुरानो पुलको बारमा ठोक्किएपछि चालकले नियन्त्रण गुमाई बस नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो

चालकले अर्को सवारी साधनसँग ठोक्किनबाट बचाउन खोज्दा अकस्मात नियन्त्रण गुमाएर बस पुलको बारमा ठोक्किएर तल खसेको थियो । यस दुर्घटनामा परी महिला र बालबालिकासहित ४५ को मृत्यु भएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र सो राज्यका मुख्यमन्त्री ममता बनर्जीले मृतकको परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

भारतीय सरकारले मृतकका प्रत्येक परिवारलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

भारत विश्वको तुलनामा बढी सडक दुर्घटना हुने देशमा पर्दछ । मर्मत नगरिएको सडक, चालकको लापरबाही र ट्राफिक नियमको उल्लङ्घन भारतमा सडक दुर्घटनाको प्रमुख कारण हुने गरेको अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

पुटिनसँग रिसाएका ट्रम्पद्वारा युक्रेनलाई थप हतियार दिने घोषणा

युरोपका नेताहरूले विनाशकारी कुरा गरिरहेका छन्

इजरायली आक्रमणमा इरानी राष्ट्रपति पेजेश्कियान घाइते भएका खुलासा

इजरायलको आक्रमणमा इरानका राष्ट्रपति घाइते – रिपोर्ट

भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ र इन्डोनेशियाबीच स्वतन्त्र व्यापार गर्ने सहमति

बेलायतको साउथेन्ड विमानस्थलमा विमानमा आगलागी, विमानस्थल बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com