ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको फोहोर प्रकरण संसदमा : ‘ प्रधानमन्त्रीज्यू काठमाडौंका मेयरसँग तत्काल संवाद गर्नुस्’ – गगन थापा


ABC NEWS

 

काठमाडौं २७ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिंहदरबारलगायत ठाउँको फोहोर नउठेकोबारे प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाका मेयरसँग तत्काल संवाद गर्नुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव देखिएको बताएका हुन्।
‘बाघ दरबार र सिंहदरबारबीच टकराव देखिएको छ। जनप्रतिनिधिले आफ्नो कुरा सुनुवाइ नभएको भनेर माग पूरा गराउन प्रयोग गरेको शैली र भाषाबारे पछि बहस गर्दै गरौंला,’ थापाले भने,‘तर अहिलेको समस्या समाधान गर्न तत्काल काठमाडौं महानगरपालिकासँग संवाद गरियोस्। जुन विषय अहिले सल्टाउनु पर्ने हो सल्टाइयोस्, जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो समझदारी कायम गरियोस्, जायज मागहरू पूरा गरियोस्। हामी काठमाडौंका जनप्रतिनिधिलाई पनि यो प्रक्रियामा सहभागी गराइयोस्।’

सांसद थापाले समन्वयको अभावको विषय काठमाडौं महानगरसँग मात्र सम्बन्धित नभएको बताए।
‘अहिले सिंहदरबारमा थुप्रै पालिकाका प्रमुख कर्मचारीको सरूवा गर्न र रोक्न सिंहदरबारमा धाइरहेका देखिन्छन्,’ उनले भने,‘तीन तहको सरकारबीच अन्तर समन्वय गर्न संघीय सरकार प्रोएक्टिभ हुनुपर्छ। तर त्यो भएको छैन।’
आफूला सहयोग नगरेको भन्दै काठमाडौंका मेयर बालेन शाहले आइतबारदेखि सिंहदरबार, पुल्चोकको मन्त्रीक्वार्टर, राष्ट्रपति कार्यालय शितल निवासको फोहोर नउठाउन निर्देशन दिएका छन्।
मेयरको निर्देशनपछि सोमबार पनि ती ठाउँको फोहोर उठेको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com