ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोप अमेरिकाको पिछलग्गु बन्नुहुँदैन : राष्ट्रपति म्याक्रों


ABC NEWS

 

काठमाडौँ २७ चैत । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले चीन भ्रमणबाट स्वदेश फर्कने क्रममा युरोपले अमेरिकासँगको निर्भरता घटाउँदै लैजानुपर्ने बताएका छन् । चीनको तीनदिने भ्रमण सकेर पेरिस फर्किने क्रममा प्लेनमा लिइएको अन्तर्वार्तामा राष्ट्रपति म्याक्रोंले अमेरिकासँगको निर्भरता घटाउनुपर्ने भन्दै ताइवानको विषयलाई लिएर भइरहेको चीन(अमेरिका विवादमा युरोपलाई तान्न नहुने बताएका हुन् ।

करिब ६ घण्टा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटपछि प्लेनमा अन्तर्राष्ट्रिय समाचार संस्था पोलिटिको र दुई फ्रान्सेली पत्रकारहरूसँग कुरा गर्दै युरोपमा ‘कूटनीतिक स्वाधिकार’ हुनुपर्ने विषयलाई जोड दिएका हुन् । ‘युरोपका लागि सबैभन्दा ठूलो जोखिम भनेकै हामी अरुको संकटमा छिर्न खोज्छौं, जसलाई हामीलाई कूटनीतिक स्वाधिकारबाट वञ्चित गरिरहेको छ‚’ उनले भने ।

म्याक्रोंको कूटनीतिक स्वाधिकारको नीतिलाई चिनियाँ राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टीले प्रशंसा गर्दै यो विषय युरोप र चीनका लागि नयाँ मार्ग निर्धारण गर्ने सेतु बन्न सक्ने बताएका छन् । ‘सबैभन्दा विरोधाभासपूर्ण कुरा त के हो भने‚ हामी आफैं अमेरिकाको अनुयायी बन्नमा विश्वास गर्छौं,’ उनले भने‚ ‘यो प्रश्नको उत्तर युरोपले नै दिनुपर्नेहुन्छ‚ के ताइवानसँग सम्बन्धित विवादलाई हामी झन् बढाउन चाहन्छौं त ?, चाहँदैनौं ।’

अन्य देशको मुद्दामा तुरुन्त कसैको पक्ष र विपक्षमा उभिइहाल्ने स्वभाव राम्रो नभएको भन्दै उनले यस्ता विषय सतहमा आउनासाथ पछ्याइहाल्ने र अमेरिकी एजेन्डालाई समर्थन गरिहाल्नु राम्रो नभएको बताएका छन् । त्यस्तै उनले युक्रेन(रुस विवादमा युक्रेनको संकट समाधान गर्न असमर्थ भएसँगै अब ताइवानको विषयमा युरोपले बोल्न नहुने बताएका छन् ।

फ्रान्सेली राष्ट्रपति म्याक्रों तीनदिने भ्रमण सकेर फर्किएपछि चीनले ताइवानसँगको सिमानानजिकै रहेको चीनको स्वशासित क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ । उक्त अभ्यासलाई मध्यअमेरिकी देशहरूमा ताइवानका राष्ट्रपति साइ इङ(वेनले गरेको १० दिने कूटनीतिक भ्रमणको प्रत्युत्तर भएको चीनले बताएको छ ।

यो विषयमा बोल्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले आफू चीन भ्रमण सकेर नफर्किँदासम्म उक्त अभ्यास नगरेकोमा आफू खुसी रहेको बताएका छन् । म्याक्रोंसँगको भेटमा चिनियाँ राष्ट्रपति सी ताइवान– चीनको विषयमा विशेष चासोका साथ प्रस्तुत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com