ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोप अमेरिकाको पिछलग्गु बन्नुहुँदैन : राष्ट्रपति म्याक्रों


ABC NEWS
चैत्र २७, २०७९ सोमबार  ११ : ३२ बजे

 

काठमाडौँ २७ चैत । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले चीन भ्रमणबाट स्वदेश फर्कने क्रममा युरोपले अमेरिकासँगको निर्भरता घटाउँदै लैजानुपर्ने बताएका छन् । चीनको तीनदिने भ्रमण सकेर पेरिस फर्किने क्रममा प्लेनमा लिइएको अन्तर्वार्तामा राष्ट्रपति म्याक्रोंले अमेरिकासँगको निर्भरता घटाउनुपर्ने भन्दै ताइवानको विषयलाई लिएर भइरहेको चीन(अमेरिका विवादमा युरोपलाई तान्न नहुने बताएका हुन् ।

करिब ६ घण्टा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटपछि प्लेनमा अन्तर्राष्ट्रिय समाचार संस्था पोलिटिको र दुई फ्रान्सेली पत्रकारहरूसँग कुरा गर्दै युरोपमा ‘कूटनीतिक स्वाधिकार’ हुनुपर्ने विषयलाई जोड दिएका हुन् । ‘युरोपका लागि सबैभन्दा ठूलो जोखिम भनेकै हामी अरुको संकटमा छिर्न खोज्छौं, जसलाई हामीलाई कूटनीतिक स्वाधिकारबाट वञ्चित गरिरहेको छ‚’ उनले भने ।

म्याक्रोंको कूटनीतिक स्वाधिकारको नीतिलाई चिनियाँ राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टीले प्रशंसा गर्दै यो विषय युरोप र चीनका लागि नयाँ मार्ग निर्धारण गर्ने सेतु बन्न सक्ने बताएका छन् । ‘सबैभन्दा विरोधाभासपूर्ण कुरा त के हो भने‚ हामी आफैं अमेरिकाको अनुयायी बन्नमा विश्वास गर्छौं,’ उनले भने‚ ‘यो प्रश्नको उत्तर युरोपले नै दिनुपर्नेहुन्छ‚ के ताइवानसँग सम्बन्धित विवादलाई हामी झन् बढाउन चाहन्छौं त ?, चाहँदैनौं ।’

अन्य देशको मुद्दामा तुरुन्त कसैको पक्ष र विपक्षमा उभिइहाल्ने स्वभाव राम्रो नभएको भन्दै उनले यस्ता विषय सतहमा आउनासाथ पछ्याइहाल्ने र अमेरिकी एजेन्डालाई समर्थन गरिहाल्नु राम्रो नभएको बताएका छन् । त्यस्तै उनले युक्रेन(रुस विवादमा युक्रेनको संकट समाधान गर्न असमर्थ भएसँगै अब ताइवानको विषयमा युरोपले बोल्न नहुने बताएका छन् ।

फ्रान्सेली राष्ट्रपति म्याक्रों तीनदिने भ्रमण सकेर फर्किएपछि चीनले ताइवानसँगको सिमानानजिकै रहेको चीनको स्वशासित क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ । उक्त अभ्यासलाई मध्यअमेरिकी देशहरूमा ताइवानका राष्ट्रपति साइ इङ(वेनले गरेको १० दिने कूटनीतिक भ्रमणको प्रत्युत्तर भएको चीनले बताएको छ ।

यो विषयमा बोल्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले आफू चीन भ्रमण सकेर नफर्किँदासम्म उक्त अभ्यास नगरेकोमा आफू खुसी रहेको बताएका छन् । म्याक्रोंसँगको भेटमा चिनियाँ राष्ट्रपति सी ताइवान– चीनको विषयमा विशेष चासोका साथ प्रस्तुत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com