ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव–झलनाथ पीँध नभएका बाल्टी : मुकुन्द न्यौपाने


ABC NEWS
चैत्र २५, २०७९ शनिबार  ३ : ०६ बजे

 

काठमाडौं २५ चैत । नेकपा एकीकृत समाजवादीका तेस्रो वरियताका नेता मुकुन्द न्यौपानेले नेतृत्वलाई पीँध नभएको बाल्टीसँग तुलना गर्दै पार्टी छाडेको घोषणा गरेका छन्।

अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालपछिको वरियतामा रहेका न्यौपानेले चैत २५ गतेदेखि पार्टीको साधारण सदस्य समेत नरहेको घोषणा गरेका हुन्। आफूले गत माघमा पार्टीमा राखेको ३३ बुँदे फरक मतमा छलफल नभएको भन्दै उनले पार्टी त्यागेको उल्लेख गरेका छन्।

“अवस्तुवादी आत्मगत चिन्तनमा आधारित शास्त्रीय आख्यान पिलाउँदै हिंड्नु भनेको आफूलाई संधै पींध नभएको बाल्टीमा परिणत गर्नु हो, जति पटक इनारमा डुबाएर ताने पनि माथि आउँदा रित्तै हुन्छ,” न्यौपानेले भनेका छन्, “नेकपा एकीकृत समाजवादीका नेतृत्व पंक्तिका कतिपय  नेता र मातहत कमिटीका कतिपय कार्यकर्ताको हालत यस्तै छ।”
न्यौपानेले माघ २१ र २२ गतेको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखेकोमा अहिलेसम्म पनि छलफल नभएकोले भन्दै पार्टी सदस्य हुनुभनदा देशको असल नागरिक भएर बस्ने उचित हुने निष्कर्ष निकालेको बताएका छन्।

‘…म जस्तो विगत ५४ वर्षको राजनितिक जिवनमा यात्रा गरेको कम्यूनिष्ट कार्यकर्ता विधि, प्रक्रीया र सांगठनिक ढाँचा अनुरुप पार्टिको सदस्य भएर बस्तु भन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ भन्ने सोचका साथ लेनिनले १९१७ मा भनेका वाक्य स्मरण गर्दै भविष्य नभएको पार्टीको नेता हुन भन्दा सम्मानित नागरिक भएर जिउनु जिवनको लागि महत्वपूर्ण कुरा हो भन्ने अभिशाखलाई आत्मसाथ गर्दै म आजका मिति २०७९ साल चैत्र २५ गतेका दिन देखि यस पार्टीको साधारण सदस्य समेत तथा सम्पुर्ण पार्टि जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु।’ न्यौपानेले भनेका छन्।

पूर्व मन्त्री समेत रहेका न्यौपानेले भ्लाद्‌मिर लेनिनको भनाइ स्मरण गर्दै ‘भविष्य नभएको पार्टीमा बस्नु भन्दा सम्मानित नागरिक भएर जीउनु’ महत्त्वपूर्ण भएको जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com