ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिस ओलम्पिक छनोट : भियतनामविरूद्ध जित निकाल्ला नेपालले ?


एबीसी / संवाददाता

काठमाडौँ, २५ चैत । नेपाली राष्ट्रिय महिला टोलीले आज भियतनामसँग पेरिस ओलम्पिक छनोटको दोस्रो खेल खेल्दै छ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरू हुने छ ।

यसअघि गत बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामले नेपाललाई ५–१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा नेपालले आक्रामक खेले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा भियतनाम हाबी भएको थियो ।

यस समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग खेलिरहेको छ । समूह ‘सी’मा नेपाल, भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए ।

पहिलो खेलमा ५–१ ले पछि परेको नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना निकै कमजोर छ । प्रशिक्षक अनन्तराज थापाले दोस्रो खेलमा सकेसम्म स्तरीय प्रदर्शन गर्ने बताए ।

नेपालले छनोटको दोस्रो चरणमा स्थान बनाउन भियतनामलाई कम्तीमा ४ गोल हान्नु पर्ने छ । भियतनामविरूद्ध यो अन्तरको जित निकै मुस्किल हुने प्रशिक्षक थापाको भनाइ छ । यद्यपि, पहिलो खेलमा भएको गल्ती सच्याउने मौकाका रूपमा दोस्रो खेललाई हेरेको उनले जनाए ।

नेपाली टोली पहिलो खेलमा गरेको गल्तीलाई सुधार्दै मैदान उत्रने रणनीतिमा हुनेछ । पहिलो खेलमा डिफेन्सिभ लाइन कमजोर देखिएको नेपाली टोली आजको खेलमा सुधारिएको खेल पस्कनुपर्ने छ ।

पहिलो चरणमा एसियाका २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com