ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनतर्फ नदी मिचिएको भन्दै नवलपुरमा विरोध


एबीसी / संवाददाता

गैँडाकोट, २४ चैत । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा भरतपुर महानगरपालिकाले एकतर्फी रूपमा तटबन्ध गरेको भन्दै गैँडाकोटवासीले विरोध गरेका छन् । ‘गैँडाकोट बचाऊँ अभियान संघर्ष समिति’ ले तटबन्धको काम तत्काल रोक्न भन्दै बिहीबार गैँडाकोटको पुलचोकमा विरोध प्रदर्शनसँगै सडक अवरुद्ध गरेको छ ।

समितिले बुधबार नारायणी नदी व्यवस्थापन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि माग सुनुवाइ नभएको भन्दै समितिले गैँडाकोटमा विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेको हो । समितिका संयोजक गोकुल सापकोटाले नारायणगढतर्फ गरिएको तटबन्धका कारण आउँदो बर्खायामा गैँडाकोटतर्फ डुबान तथा धनजनको ठूलो क्षति हुनेसक्ने बताए । नारायणगढमा एकतर्फी तटबन्ध बनाउन लागिएकाले त्यसलाई नरोकिए सिंगो गैँडाकोटवासीहरू आन्दोलित हुने उनको भनाइ छ ।

समितिले बुधबार नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएसँगै विरोधका कार्यक्रम सुरु गरेको हो । समितिका संयोजक सापकोटाले चितवनतर्फ गरिएको तटबन्ध एकपक्षीय भएको बताए । “हामीले पटक–पटक त्यो काम तत्काल रोक्न छलफल र कुराकानी गर्दै आएका थियौँ”, उनले भने, “हाम्रो आग्रहलाई नसुनेपछि बाध्य भएर हामी आन्दोलनमा उत्रिनुपरेको हो ।”

नारायणी नदी संरक्षणसँगै गैँडाकोट र नवलपुर क्षेत्रको संरक्षणका लागि नारायणगढ बजारतर्फको तटबन्धको काम तत्काल रोक्नुपर्ने सापकोटाले बताए । विरोध प्रदर्शनका क्रममा सहभागीहरूले ‘नदी मिच्न पाइँदैन’, वर्षायाममा सधैँ चोट डुबिसक्यो गैँडाकोट’, नारायणगढमा पहिले नै भयो, गैँडाकोटमा कहिले हो’ लगायतका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए । उनीहरूले विरोध प्रदर्शनसँगै दिउँसो १ बजेदेखि एक घण्टासम्म गैँडाकोटमा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए ।

भरतपुर महानगरपालिकाले नारायणी नदीलाई ‘सी बिच मोडल’मा विकास गर्ने भन्दै नदी किनारमा हाल झण्डै १७ करोडको लागतमा तटबन्धको काम गरिरहेको छ । गैँडाकोट र नारायणगढ जोड्ने पुलको केही माथिपट्टि नारायणी नदीकिनारमा नारायणी नदी व्यवस्थापन कार्यालयले धमाधम तटबन्ध निर्माणको काम गरेको छ । कङ्क्रिटको त्यस्तो संरचनाले नदीको बहावलाई नवलपुरतर्फ फर्काउने र गैँडाकोटमा ठुलो क्षति हुने समितिले जनाएको छ ।

नारायणगढमा निर्माण गरिएको तटबन्धका कारण नारायणीमा आएको बाढीबाट गैँडाकोटको वडा नम्बर २, ५, ६, ७ र ९ नम्बर वडा डुबानमा पर्ने जोखिम छ । गैँडाकोट क्षेत्रमा रहेका सबै राजनीतिक दलका प्रतिनिधि सम्मिलित संघर्ष समितिको बैठकले नारायणगढतर्फको तटबन्ध निर्माण कार्य तत्काल रोकिनुपर्ने र यो बर्खायामपछि बृहत् अध्ययन र छलफलपछि दुवै पक्षको सहमतिमा मात्रै त्यस्तो निर्माण कार्य हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com