ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनतर्फ नदी मिचिएको भन्दै नवलपुरमा विरोध


एबीसी / संवाददाता
चैत्र २४, २०७९ शुक्रबार  ८ : २३ बजे

गैँडाकोट, २४ चैत । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा भरतपुर महानगरपालिकाले एकतर्फी रूपमा तटबन्ध गरेको भन्दै गैँडाकोटवासीले विरोध गरेका छन् । ‘गैँडाकोट बचाऊँ अभियान संघर्ष समिति’ ले तटबन्धको काम तत्काल रोक्न भन्दै बिहीबार गैँडाकोटको पुलचोकमा विरोध प्रदर्शनसँगै सडक अवरुद्ध गरेको छ ।

समितिले बुधबार नारायणी नदी व्यवस्थापन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि माग सुनुवाइ नभएको भन्दै समितिले गैँडाकोटमा विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेको हो । समितिका संयोजक गोकुल सापकोटाले नारायणगढतर्फ गरिएको तटबन्धका कारण आउँदो बर्खायामा गैँडाकोटतर्फ डुबान तथा धनजनको ठूलो क्षति हुनेसक्ने बताए । नारायणगढमा एकतर्फी तटबन्ध बनाउन लागिएकाले त्यसलाई नरोकिए सिंगो गैँडाकोटवासीहरू आन्दोलित हुने उनको भनाइ छ ।

समितिले बुधबार नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएसँगै विरोधका कार्यक्रम सुरु गरेको हो । समितिका संयोजक सापकोटाले चितवनतर्फ गरिएको तटबन्ध एकपक्षीय भएको बताए । “हामीले पटक–पटक त्यो काम तत्काल रोक्न छलफल र कुराकानी गर्दै आएका थियौँ”, उनले भने, “हाम्रो आग्रहलाई नसुनेपछि बाध्य भएर हामी आन्दोलनमा उत्रिनुपरेको हो ।”

नारायणी नदी संरक्षणसँगै गैँडाकोट र नवलपुर क्षेत्रको संरक्षणका लागि नारायणगढ बजारतर्फको तटबन्धको काम तत्काल रोक्नुपर्ने सापकोटाले बताए । विरोध प्रदर्शनका क्रममा सहभागीहरूले ‘नदी मिच्न पाइँदैन’, वर्षायाममा सधैँ चोट डुबिसक्यो गैँडाकोट’, नारायणगढमा पहिले नै भयो, गैँडाकोटमा कहिले हो’ लगायतका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए । उनीहरूले विरोध प्रदर्शनसँगै दिउँसो १ बजेदेखि एक घण्टासम्म गैँडाकोटमा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए ।

भरतपुर महानगरपालिकाले नारायणी नदीलाई ‘सी बिच मोडल’मा विकास गर्ने भन्दै नदी किनारमा हाल झण्डै १७ करोडको लागतमा तटबन्धको काम गरिरहेको छ । गैँडाकोट र नारायणगढ जोड्ने पुलको केही माथिपट्टि नारायणी नदीकिनारमा नारायणी नदी व्यवस्थापन कार्यालयले धमाधम तटबन्ध निर्माणको काम गरेको छ । कङ्क्रिटको त्यस्तो संरचनाले नदीको बहावलाई नवलपुरतर्फ फर्काउने र गैँडाकोटमा ठुलो क्षति हुने समितिले जनाएको छ ।

नारायणगढमा निर्माण गरिएको तटबन्धका कारण नारायणीमा आएको बाढीबाट गैँडाकोटको वडा नम्बर २, ५, ६, ७ र ९ नम्बर वडा डुबानमा पर्ने जोखिम छ । गैँडाकोट क्षेत्रमा रहेका सबै राजनीतिक दलका प्रतिनिधि सम्मिलित संघर्ष समितिको बैठकले नारायणगढतर्फको तटबन्ध निर्माण कार्य तत्काल रोकिनुपर्ने र यो बर्खायामपछि बृहत् अध्ययन र छलफलपछि दुवै पक्षको सहमतिमा मात्रै त्यस्तो निर्माण कार्य हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश, भेटिएन थुनेर अनुसन्धान गर्नुपर्ने कारण

काठमाडौँ उपत्यकामा मध्यम वर्षाको सम्भावना

काठमाडौंका विभिन्न शैक्षिक परामर्श केन्द्रबाट ६९ जना पक्राउ

१ सय रूपैयाँभन्दा बढीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com