ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा पहिलोपटक अंग्रेज परास्त गर्ने शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग


abc tv

काठमाडौं । अंग्रेज फौजलाई विश्वमा पहिलोपटक पराजय गराएको सिन्धुली गढी युद्धमा विशेष योगदान गरेका शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरमा रहेका वंशु (वंश) गुरुङका सन्ततिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज भेट गरी यस्तो माग गरेका हुन् ।

शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानको तर्फबाट ज्ञापनपत्र बुझाउँदै सिन्धुली गढीको युद्धमा वीरतापूर्ण कदम चालेर नेपालको स्वाभिमान रक्षा गरेको भन्दै वंशु (वंश) गुरुङलाई उच्च सम्मान गर्न माग गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङ र बेलायत संयोजक लेख गुरुङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा इतिहासको कालखण्डमा नेपाली भूमिको रक्षाका लागि योगदान गर्ने वीर योद्धाको राज्यले सम्मान गर्नुपर्ने माग गरिएको छ ।

प्रतिष्ठानले शिकारी सरदार वंशु (वंश) गुरुङको तस्विर अंकित हुलाक टिकट प्रकाशन गर्नुपर्ने, इतिहासमा वीर योद्धाको भूमिकालाई उचित सम्मान गर्दै पुनर्लेखन गर्नुपर्ने र प्रतिष्ठानका लागि उचित बजेट विनियोजन गर्नुपर्ने लगायत माग राखिएको थियो ।

सिन्धुलीगढीमा अंंग्रेजसँग १८२४ साल असोजमा भएको युद्धमा वीरता प्रदर्शन गरेर नेपाल भूमि जोगाउने काममा वंशु (वंश) गुरुङको अतुलनीय योगदान रहेको भन्दै प्रतिष्ठानका अध्यक्ष क्या. लालजंगले सरकारले उच्च सम्मान गरिनुपर्ने बताए ।

ज्यानको बाजी राखेर नेपाली भूमि रक्षाका लागि खेलेको भूमिकाको सम्मानका लागि नेपाल सरकारले ऐतिहासिक निर्णय गर्नेमा आफूहरु आशावादी रहेको प्रतिष्ठानका बेलायत संयोजक लेख गुरुङले बताए । उनले भने, ‘इतिहास जित्नेहरुको लेखिन्छ भनिए पनि वंशु (वंश) गुरुङको सवालमा न इतिहास लेखियो, न त उचित सम्मान नै भयो ।’

ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधि मण्डलसँगै रहेका तनहुँ १ का प्रतिनिधिसभा सांसद शंकर भण्डारीले सरकारले वंशु (वंश) गुरुङलाई उचित सम्मान गर्नुपर्ने र आफ्नो तर्फबाट निरन्तर पहल गरिने बताए ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसबारेमा थप अध्ययन गरिने र यथोचित निर्णय लिइने बताए ।

सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, लेम तमू (लाम्छाने गुरुङ) समाजका अध्यक्ष क्या. ओम गुरुङ लगायतको उपस्थिति थियो ।

विश्वको कुनै पनि युद्धमा पराजित नभएका इष्ट–इण्डिया कम्पनीका अंग्रेज फौज सिन्धुली गढीमा भएको युद्धमा १८२४ साल असोज १५ गते पहिलोपटक पराजित भएका थिए । विश्वमा नहारेका अंग्रेजलाई पराजित गराउने नाइकेमध्येका शिकारी सरदर वंशु (वंश) गुरुङ एक थिए ।

उनले अंग्रेज फौजको परास्त गरी नेपाली भूमिको रक्षाका लागि योगदान गर्ने वीरयोद्धा शिकारी सरदार वंशु (वंश) गुरुङप्रति राज्यको तर्फबाट कुनै सम्मान नभएको गुनासो उनका सन्ततिहरुको छ ।

अहिलेसम्म शिकारी सरदार वंशु (वंश) गुरुङका सन्तानहरुले २०७६ साल असोजमा प्रतिष्ठान स्थापना गरी विभिन्न कार्यक्रम गर्दै आएका समेत प्रधानमन्त्री समक्ष जानकारी गराएका थिए । प्रतिष्ठानको निजी खर्चमा वंशु (वंश) गुरुङकै पुख्र्यौली थलो तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरमा अर्धकदको शालिक निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com