ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ हजार फिट उचाइमा उडिरहेको जहाजको ककपिटमा ‘गोमन सर्प’ देखिएपछि…


एबीसी / संवाददाता
चैत्र २३, २०७९ बिहीबार  ९ : ०१ बजे

एजेन्सी, २३ चैत । ११ हजार फिट उचाइमा उडिरहेको एउटा जहाजको ककपिटमा सर्प देखा परेको छ । ब्लोमफन्टेनबाट प्रिटोरियाका लागि उडेको जहाज उडाइरहेका दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ इरास्मसले ककपिटमै गोमन सर्प देखेपछि आकस्मिक अवतरण गरेका थिए ।

पाइलटको सिटमुनि गोमन सर्प घुमिरहेको थियो । “इमानदारीपूर्वक भन्नुपर्दा के भइरहेको थियो मेरो दिमागले बुझ्न सकेको थिएन,” रूडोल्फले बिबिसीसँग भने, “यो एकदमै डरलाग्दो क्षण थियो ।” पाइलट रूडोल्फले आफ्नो पिठ्यूँमा चिसो–चिसो महसुस गरेका थिए । सुरूमा उनले पानीको बोतल भनेर वास्ता गरेनन् ।

“मलाई सुरूमा चिसो र घस्रिरहेको जस्तो लागेको थियो । पानीको बोतल राम्रोसँग बन्द गरेको रहेनछु र पानी पोखियो भन्ने लागेको थियो,” उनले भने, “जब मैले बाँयातिर फर्केर तल हेरेँ, त्यहाँ एउटा कोब्रा थियो । उसले सिटभित्र आफ्नो टाउको राख्न खोजिरहेको थियो ।” जहाजमा थप ४ जना यात्रु थिए ।

सर्प देखेपछि उनले जहाजलाई आकस्मिक अवतरण गराएका थिए । यदि सर्पले टोकेको भए ३० मिनेटमै मृत्यु हुने भए पनि पाइलट रूडोल्फले विमानमा आतंक मच्चाउन नचाहेको बताए । यसबीचमा उनी निकै डराएका थिए ।

‘सर्प पछाडि सरेर बाँकी यात्रुमा त्रास फैलिन सक्छ’ भन्ने उनलाई डर थियो । उनले यात्रुहरूलाई यसको बारेमा जानकारी दिए ।

“सुन्नुहोस्, जहाजभित्र एउटा सर्प छ, त्यो मेरो सिटमुनि छ । त्यसैले जतिसक्दो छिटो जहाज अवतरण गर्ने प्रयास गरौँ,” उनले यात्रुहरूलाई भने ।

यात्रुको प्रतिक्रिया कस्तो रह्यो भन्ने प्रश्नमा रूडोल्फले जहाजमा पूर्ण सन्नाटा छाएको बताए । पाइलटलाई धेरै किसिमका परिस्थितिका लागि तालिम दिइएको भए पनि ककपिटमा रहेका सर्पसँग कस्तो व्यवहार गर्ने भन्ने कुराको तालिम नदिइएको बताए ।

उनले वेलकम सिटीको विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराएका थिए । त्यहाँ काम गर्ने दुई जनाले जहाजमा सर्प देखेको बताएका थिए । नियन्त्रणमा लिन खोज्दा नसकिएको उनीहरूको भनाइ थियो ।

पाइलट रूडोल्फले जहाजमा चढ्नुअघि सर्प खोज्ने प्रयास गरेको बताए । “दुर्भाग्यवश त्यतिबेला सर्प फेला परेन । त्यसपछि हामी सबैले सर्प भागेको भन्ने अनुमान गर्‍यौँ,” उनले भने ।

दक्षिण अफ्रिकाको नागरिक उड्डयन विभागका आयुक्त पोप्पी खोसाले पाइलट रूडोल्फको प्रशंसा गरेका थिए । उनले पाइलटले अद्भुत काम गरेर जहाजमा सवार सबैको ज्यान बचाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com