ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीबारे प्रचण्डको ब्रिफिङ : अहिले पनि पहिचानको पक्षमा छौँ, निर्णयका बेला गल्ती भयो


एबीसी / संवाददाता

काठमाडौँ, २३ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू अहिले पनि पहिचानकै पक्षमा रहेको बताएका छन् । बुधबार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका उनले कोशी प्रदेश नाम राख्दा गल्ती हुन पुगेको बताए ।

“पूर्व १ नम्बर प्रदेश नामाकरणको विषयमा हामी पहिचानको अडानमै छौँ,” उनले बैठकमा ब्रिफिङ गर्दै भने, “त्यो प्रदेशमा रहनुभएका साथीहरूबाट कोशी नाममा निर्णय गर्ने बेला अडान लिन सक्नुभएन ।” उनले अहिले पनि माओवादी पहिचानको मुद्दामा तलमाथि नहुने बताए । “तर, म तपाईंहरूलाई के विश्वस्त गराउन चाहन्छु भने हाम्रो पार्टी अहिले पनि पहिचानको मुद्दामा तलमाथि हुँदैन र हुने छैन,” उनले त्यसक्रममा भने ।

गत फागुन १७ गते प्रदेश १ को नाम कोशी प्रदेश जुराउँदा प्रस्तावक रामबहादुर रानाले राखेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा मत विभाजनका क्रममा दुई तिहाइका लागि ६२ मत आवश्यक रहेकामा प्रस्तावको पक्षमा सत्तारूढ दलहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा विपक्षमा नेकपा (एकीकृत समाजवादी)का ४ सदस्यले मतदान गरेका थिए ।

तर, पहिचान पक्षधरहरूले किरातसहितका नाम अघि सारेर आन्दोलन चर्काइरहेका बेला प्रचण्डले बैठकमा यो ब्रिफिङ गरेका हुन् । कोशीले पहिचान पक्षधहरूको भावनामा ठेस पुगेको भन्दै एक महिनादेखि लगातार आन्दोलन चलिरहेको छ ।

माओवादीले जनयुद्धदेखि नै जातीय पहिचानसहितको पक्षमा आफूलाई उभ्याउँदै आएको थियो । तर, सातै प्रदेशको नाम भूगोल र नदीबाट राखिँदा माओवादीले आफूलाई पहिचानको अडानमा टिकाइराख्न सकेन ।

कोशीमा पनि माओवादीको समर्थनसहित दुई तिहाइ बहुमतले नाम जुरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com