ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा सरकारले गरेका निर्णयको जिम्मा ओली नेतृत्व सरकारले नलिने


एबीसी न्यूज

काठमाडौं, १६ माघ ।  पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समिति बैठकले वर्तमान सरकारले गरेका पछिल्ला निर्णयको जिम्मेवारी आफ्नो नेतृत्वमा बन्ने नयाँ सरकारले नलिने निर्णय गरेको छ । पछिल्लो समयमा वर्तमान काम चलाउ सरकारले विभिन्न खाले निर्णय गरेको हुदा यस्ता निर्णयको जिम्मेवारी लिन नहुने बैठकले निकर्ष निकालेको छ ।

यस्तै बैठकले प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभामुखको टुंगो राष्ट्रियसभाको चुनावपछि मात्र लगाउने भएको छ ।

एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ मा मुख्यमन्त्री पाउने गरी माओवादीसँग सहमति गरेको छ । सकेसम्म सहमति गर्ने र सहमति हुन नसके मतदान गरेर भएपनि पार्टीभित्रबाट नाम टुंगो लगाउने सहमति बनेको नेताहरुले बताएका छन् । बैठकले माघ २४ गते हुने राष्ट्रियसभाको चुनावका लागि सातवटै प्रदेशमा मतदातालाई अभिमुखीकरण तालीम सञ्चालन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य चुनावमा प्रदेश सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्नेछन् । प्रदेश नम्बर १ को मुख्य मन्त्रीमा भीम आचार्य र शेरधन राईको दावी छ । प्रदेश नम्बर ३ मा राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य तथा प्रदेश नम्बर ४ मा पृथ्वीसुव्वा गुरुङ र किरण गुरुङ आकांक्षी देखिनु भएको छ ।
प्रदेश नम्बर ५ मा शंकर पोख्रेलको नाम सर्वसम्मत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com