ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदशिक रोजगारीबाट फर्किएका पुरुषद्वारा पोखरामा आत्मदाह


ABC NEWS
चैत्र २१, २०७९ मंगलबार  ७ : २९ बजे

 

पोखरा २१ चैत । पोखरामा एकजना व्यक्तिले घरभित्रै पेट्रोल छर्किएर आत्मदाह गरेका छन्।

स्याङजाको अर्जुनचौपारी गाउँपालिका(१ घर भइ पोखरा महानगरपालिका(१७ निसावी नन्दप्रसाद अर्यालले मंगलबार दिउँसो पेट्रोल छर्किएर आत्मदाह गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार अर्यालले तीनतले घरको दोस्रो तलास्थित आफ्नै कोठामा आत्मदाह गरेका हुन्।

पेट्रोल छर्किएर आगो लगाएपछि अर्यालले त्यहीँ ज्यान गुमाएको प्रहरीले उल्लेख गरेको छ। प्रहरीका अनुसार उनले घरको दोस्रो र तेस्रो तलाको गेट लगाएर आफूमाथि पेट्रोल खन्याएको खुलेको छ।

अचानक अर्यालको घरभित्र आगो देखिएपछि छिमेकीले प्रहरीलाई जानकारी दिएका थिए। ‘भित्रबाट चुकुल लगाएको अवस्थामा उनलाई हामीले मृत फेला परेका छौँ’, जिप्रका कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले भने, ुउनी मृत भेटिएको कोठामा पेट्रोल हालेको जर्किन पनि भेटिएकाले आत्मदाह गरेको प्रारम्भिक अनुमान छ।

घरको तल्लो तला र दोस्रो तलाको च्यानल गेटमा ताला लगाएर उनले आफू सुत्ने कोठामा गई आत्मदाह गरेका हुन्।अर्यालका श्रीमती र सात वर्षकी छोरी छन्।

छिमेकीले खबर गरेपछि तत्काल पुगेको प्रहरीलाई ढोकाको चुकुल खोल्न समय लागेको थियो। प्रहरी अर्यालको घरमा छिर्दा परिवारका अन्य सदस्य कोही पनि थिएनन्।

उनी ६ महिनाअघि मात्रै वैदेशिक रोजगारी गरेर कतारदेखि फर्किएको खुलेको छ। उनी फेरि त्यहीँ जाने तयारीमा थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com