ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपा नेता तथा पूर्वमन्त्री पाण्डेसहितलाई विशेषले सफाइ दिएपछि अख्तियारबाट सर्वोच्चमा पुनरावेदन


ABC NEWS
चैत्र २१, २०७९ मंगलबार  ६ : ४२ बजे

 

काठमाडौं २०चैत । बाँके जिल्लामा निर्माणका क्रममा रहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

अख्तियारले पूर्वमन्त्री एमव् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा मंगलबार पुनरावेदन गरेको हो। उनी आयोजना निर्माणको ठेक्का लिएको कालिका कन्ट्रक्सन जेभीका मालिक हुन्।

दुई अर्ब १३ करोड ७६ लाखको बिगो कायम गरी चलाइएको मुद्दामा विशेष अदालतले पाण्डेसहितलाई सफाइ दिएपछि असन्तुष्ट अख्तियारले आवश्यक प्रमाणसहित सर्वोच्चमा पुनरावेदन गरेको हो।

विशेषले यसअघि पनि सफाइ दिएका मुद्दामा अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्दै आएको छ। विशेषबाट यसअघि पनि भएका फैसलामा चित्त नबुझेपछि अख्तियारले पुनरावेदन गर्दै आएको छ।

पहिलो श्रेणीका ठेकेदार पाण्डेसहितविरुद्ध सिक्टा सिँचाइ आयोजना अलपत्र पारेको अभियोग छ। तर विशेष अदालतले उनीसहित २१ जनालाई गत असार ५ गते विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सफाइ दिएको थियो।

सिक्टा सिचाइँ योजना सरकारले १३ अर्बभन्दा धेरै खर्चेर निर्माण गरिरहेको छ। १० वर्षभन्दा धेरै समय लगाएर निर्मित यो आयोजनामा पानी छाड्नेबित्तिकै भत्किएको थियो।

उक्त प्रकरणमा छानबिन थालेको अख्तियारले भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा चलाएको थियो।

परीक्षणका लागि पानी छाड्नेबित्तिकै सिक्टाको मूलनहर नै भत्किएको थियो। त्यसपछि डिजाइन र निर्माणमा गम्भीर त्रुटी भएको ठहरसहित अख्तियारले छानबिन थालेको थियो। छानबिनपछि अख्तियारले पाण्डेसहित २१ जनाविरुद्ध २०७५ मंसिरमा मुद्दा चलाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com