ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवी लामिछानेको पार्टी बारे गगनको टिप्पणी : गृह पाए दाइ कति राम्रो, भाउजु पनि कति राम्रो भन्छन्


एबीसी न्यूज
चैत्र २०, २०७९ सोमबार  ४ : ४८ बजे

तनहुँ, २० चैत्र। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालय पाए फेरि सरकारमा जाने टिप्पणी गरेका छन् ।

उपनिर्वाचनमा तनहुँ १ बाट कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले तनहुँवासीले उनीहरुलाई विगतमा किन सरकारमा गएको, किन बाहिरिएको र गठबन्धन बदलेर राष्ट्रपतिमा किन रामचन्द्र पौडेललाई मत दिएको भनेर प्रश्न गर्नुपर्ने बताए ।

नयाँ आउनुभएको साथीको सबैभन्दा ठूलो विषय कुन मन्त्रालय पाउने र कुन मन्त्री पाउने भन्ने रह्यो’ उनले भने, ‘तनहुँवासीले प्रश्न गर्नुपर्छ । पुष्पकमल दाहाल प्रचण्ड र केपी ओली मिलेर एउटा गठबन्धन बनाउँदै गर्दा किन मत हालेको, केही दिनपछि गठबन्धनबाट किन निस्केको, केही दिनपछि नयाँ गठबन्धनमा राष्ट्रपतिमा रामचन्द्रलाई किन मत हालेको ? अहिले सरकारबाहिर किन बसेको ?’ तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री थापाले कांग्रेसलाई दाजु भाउजुको पार्टी भन्नेले फेरि यही सरकारमा सहभागी हुने बताए ।

‘कतिपय साथीले नेपाली कांग्रेस पार्टी दाजु भाउजुको पार्टी भयो भन्नुभयो, म चुनौतीका साथ भन्छु उपनिर्वाचनपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले नयाँ पार्टीलाई तपाईंलाई म गृह मन्त्रालय लगायतका मन्त्रालय दिन्छु भन्यो भने नयाँ पार्टी सरकारमा आउँछ कि आउँदैन? आउँछ’ उनले भने, ‘त्यो बेला दाइसँग बस्दिन भाउजुसँग बस्दिन भन्छ ? त्यो बेला दाइ पनि कति राम्रो भाउजु पनि कति राम्रो भन्छ ।’ महामन्त्री थापाले प्रश्न गरे, ‘तपाईंलाई परेको बेला दाइ पनि ठीक, तपाईंलाई माफी दिए भाउजु पनि ठीक, तपाईंले भनेको मन्त्रालय प्राप्त भएन भने सबै बेठीक यही हो नयाँ पार्टी ? यही हो नयाँ चाला ?’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

सम्बन्धित

चीनले आफ्नो २+२ कूटनीति मध्य एशियासम्म विस्तार गर्ने सम्भावना

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

ट्रम्पकालीन अपमानसँग भारतले कसरी जुध्नुपर्छ?

डोजरको आवाजमा दबिएको मानवीय पीडा

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com