ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी विद्यालयको सेटिङमा एसइईमा व्यापक चिट चोरी


एबीसी / संवाददाता

सिरहा, १९ चैत । सिरहालगायत देशैभर सञ्चालनमा रहेको माध्यमिक परीक्षा (एसइई) दिन प्रतिदिन अमार्यादित बन्दै गइरहेको पाइएको छ । १७ चैतदेखि देशैभर सञ्चालनमा रहेको एसइईको आइतबार दोस्रो दिनको गणित विषयको परीक्षामा सरोकारवाला निकायसँगको सेटिङमा व्यापक चिट चोरी गराई परीक्षालाई अमर्यादित बनाइएको पाइएको हो ।

निजी विद्यालयले सरोकारवाला निकायसँगको आर्थिक सेटिङमा एसइईमा चिट चोरी गराउने गरेका छन् । जिल्लाकै नाम चलेका निजी विद्यालयहरुले सरोकारवाला सबैलाई आर्थिक प्रभावमा पारेर परीक्षामा चोरी गराएको पाइएको छ ।

जनता माध्यमिक विद्यालय सोनमती गाढा, लहान १९ सेन्टरमा व्यापक मात्रामा चिट भेटिएको छ । आइतबारको गणित विषयको परीक्षा सकिएलगतै पुगेको सञ्चारकर्मीको समूहले कक्षाकोठामा यत्रतत्र फालिएको अवस्थामा चिट फेला पारेको छ ।

यस सम्वन्धमा केन्द्राध्यक्ष अरविन्द कुमार दाससँग प्रतिक्रिया  लिँदा उनले कक्षा कोठामै केही विद्यार्थीले फ्याप बनाएको पाइएको बताए । उनले भने, ‘बाहिरबाट कुनै चिट आएको छैन,  मेयरहरु अनुगमनको क्रममा आएकै बेला दुईजना विद्यार्थीले चिटसमेत तयार पार्दै गरको पाइएको थियो । अहिले उनीहरुलाई मैले नियन्त्रणमा राखेर कारबाही सिफारिस गर्दै छु ।’

केन्द्राध्यक्ष दासले सबैतिर प्रहरीको निगरानी भएकाले बाहिबाट कुनै चिट आउने सम्भाव नै नभएको बताए । परीक्षा केन्द्रभित्रै शिक्षक प्रयोग चिट बनेको छ ।  यस परीक्षा केन्द्रमा जनता माध्यमिक विद्यालय गोर्छारी, एपालो इंग्लिस बोर्डिङ स्कुल, मनोकामना इंग्लिस बोर्डिङ स्कुल, प्यारागन इंग्लिस बोर्डिङ स्कुल, शारदा आवासीय माध्यमिक विद्यालय, मोडर्न आदर्श स्कुल र नेशनल एकेडेमीको परीक्षा केन्द्र रहेको छ ।

यहाँ जम्मा २२४ विद्यार्थीले परीक्षा दिइरहेका छन् । ६ वटा कक्षा कोठा प्रयोग गरेर लिइरहेको परीक्षामा ११ जना गार्ड प्रयोग गरिएको केन्द्राध्यक्ष दासले जानकारी दिए ।

त्यसैगरी, सिरहाको नरहा–४ स्थित जनता वनबाली उच्च माध्यमिक विद्यालय बर्छबाको परीक्षा केन्द्रमा पनि केन्द्राध्यक्ष राम ईश्वर यादवले बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई आफैँले मोबाइल दिने गरेको पाइएको छ । सिरहा प्रशासनले एसईई परीक्षालाई मर्यादित बनाउन मोबाइल प्रवेश निषेध गरिए पनि जिल्लाका विभिन्न परीक्षा केन्द्रहरुमा निजी विद्यालयको आर्थिक सेटिङमा मोबाइलको माध्यमबाट चिट चोरी भएको छ ।

सो केन्द्रमा जिल्लामा नाम चलेका निजी विद्यालयहरु सिरहा पब्लिक, बुढा निलकण्ठ, बालविकास आवासीय माध्यामिक विद्यालय, द डायनामिक सेकेन्ड्री इ।वोर्डिङ स्कुल र दुई सामुदायिक विद्यालयको परीप्क्षा सेन्टर रहेको जनाइएको छ ।

यो दुई विद्यालय मात्र नभई गोलबजार ८ स्थितको जनता माध्यमिक विद्यालय चोहर्वा ,जनता माध्यमिक विद्यालय गोलबजार नपा ९ डण्डा , सरस्वती माध्यमिक विद्यालय जम्दह, नमुना माध्यमिक विद्यालय गोलजार–४ लगायतका परीक्षा केन्द्रहरुमा पनि व्यापक चोरी भएको पाइएको छ । यी सबै परीक्षा केन्द्रहरुबाट परीक्षा सुरु भएको ५ मिनेट नबित्दै प्रश्नपत्र बाहिरिएको थियो । जमावि चोहर्वामा परीक्षा सुरु गरेको ५ मिनेटनमै मोबाइलको माध्यमबाट प्रश्नपत्र आउट भएको हुन सक्ने एकजना शिक्षकले बताए । उनले भन्ने, ‘निजी विद्यालयहरुले केन्द्राध्यक्षको सेटिङमा मोबाइल र फल्याप समेत चलाउने गरेकोले यसमा निजी विद्यालयभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरु मारमा परेका छन् ।’

प्रश्नपत्र आउट भएको सूचना पाएलगतै केन्द्राध्यक्षले परीक्षा हलभित्रै सर्च गरेपछि परीक्षार्थीबाट  चारवटाभन्दा बढी मोबाइल बरामद गरेका थिए ।

यता जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामवृक्ष महतोले मोबाइल र फल्यापबारे जानकारी नआएको र सो विषयमा बुझने प्रयास गरिरहेको छु ।  उनले भने, ‘निरीक्षणको समयमा हामीले कुनै विद्यालयमा फल्याप पाएनौँ, पाइए काडा कारबाही गर्ने छौँ ।’

योवर्ष ४० वटा परीक्षा केन्द्रहरुमा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी १७१ विद्यालयबाट चार हजार ६९२ छात्रा र पाँच हजार ४५८ छात्रसहित १० हजार ६५० विद्यार्थी सहभागी भएका छन् । जसमध्ये प्राविधिक धारतर्फका केन्द्रबाट ३४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com