ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्णिम वाग्ले उम्मेदवार रहेको क्षेत्रमा कांग्रेसले गगन खटाउने, चितवन–२ मा विश्वप्रकाश


एबीसी / संवाददाता

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसले उपनिर्वाचनमा आफ्नो उम्मेदवार रहेको क्षेत्रमा दुई महामन्त्रीलाई खटाउने तयारी गरेको छ । कांग्रेसले उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ मा आफ्नो उम्मेदवारद्वय तय गरिसकेको छ ।

तनहुँ–१ मा गोविन्द भट्टराई उम्मेदवार रहेका छन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका भट्टराईलाई जिताउन कांग्रेसले गोविन्दराज जोशीको कारबाहीसमेत फुकुवा गरिसकेको छ । उक्त क्षेत्रमा उम्मेदवारी मनोनयन गर्न महामन्त्री गगनकुमार थापा पुग्ने कार्यतालिका रहेको छ ।

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले हालै कांग्रेस छाडेका डा.स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । डा.वाग्ले हालै सम्पन्न निर्वाचनमा गगनको पक्षमा खुलेर लागेका नेता हुन् । कांग्रेस सभापति पत्नी आरजु देउवाको हेपाहा प्रवृत्तिका कारण आफू पार्टीमा बस्न नसकेको भन्दै वाग्लेले कांग्रेस छाडेका थिए । यस क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै उपनिर्वाचन हुने भएको हो ।

यता, चितवन–२ मा भने कांग्रेसले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई खटाउने भएको छ । यहाँ कांग्रेसले चितवनका पूर्वजिल्ला सभापतिसमेत रहेको जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएको यस क्षेत्रमा नागरिकता मुद्दाका कारण उनको सांसद पद गएसँगै उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा लामिछाने नै उम्मेदवार बनेका छन् । यसअघि दुई महामन्त्रीले आफूहरूलाई पार्टी सभापतिले कुनै जिम्मेवारी नदिएको गुनासो गर्द आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com