ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाख १८ बाट चीनसंगको हिल्सा नाका खुल्ने


ABC NEWS

 

सुर्खेत १९ चैत । आगामी वैशाख १८ गतेबाट हुम्लाको हिल्सा नाका खुल्ने भएको छ । शनिबारबाट चीनले रसुवागढीस्थित केरूङ नाका पूर्णरूपमा सञ्चालनमा ल्याएसँगै हुम्लाका व्यवसायी हिल्सा नाका खोल्ने आशमा रहेका छन् ।

नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २०२३ मार्च २९ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको बैठकमा चिनको स्वशासित क्षेत्र तिब्बतसँग नाका जोडिएका नाका पूर्णरुपमा खोल्ने सहमति भएको हो ।

सोही अनुसार शनिबारबाट सुवागढी–केरुङ नाका पूर्णरुपमा सञ्चालनमा आएको छ भने सन् २०२३ मे १ ९२०८० वैशाख १८ गते० बाट तातोपानी–झाङ्मु र हिल्सा–पुराङ ९ताक्लाकोट० नाका पूर्णरूपमा सञ्चालन गर्ने भएपछि हुम्लाका व्यवसायीले यसलाई सकारात्मक रुपमा लिएका छन् ।

 

कोभिड संक्रमण फैलिएसँगै चीनसँग सीमा जोडिएका सबै नाका बन्द गरेको थियो । बीचबीचमा सामान पठाउन केही समय आंशिक रुपमा खोल्ने बन्द गर्ने हुँदै आएकोमा अबदेखि भने सीमा नाका पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको हुम्लाका पर्यटन व्यवसायी विजय लामाले बताए । सीमा नाकामा दुईतर्फी व्यापार र मानिसको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको भए पनि नेपाली बाहेक अन्य विदेशी पर्यटकहरुका लागि नाका नखोलेको लामाले बताए ।

२०२३ अप्रिल १ ९चैत १८ गते० देखि रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि नाका खोल्ने दुई देशको सहमति अनुसार शनिबारबाट सो नाका पूर्णरूपमा सञ्चालनमा आएको छ भने तातोपानी–झाङ्मु र हिल्सा–पुराङ ९ताक्लाकोट० नाका सन् २०२३ मे १ ९२०८० वैशाख १८ गते० देखि खुला गर्ने सहमति भएको हो ।

 

२०७६ मंसिरबाट बन्द भएको हिल्सा नाका आगामी वैशाख १८ गते खोल्ने भने पछि हुम्ली व्यवसायीको ध्यान अहिले चीनको ताक्लाकोटतर्फ मोडिएको छ । चीनले नेपालसँग सीमा जोडिएका नाका खोल्ने भने पछि हुम्लाबाट तिब्बतका विभिन्न स्थानमा गएर व्यापार व्यवसाय गर्ने हुम्ली व्यवसायीहरु कोरोनाले थिलोथिलो बनाएको व्यापार व्यवसाय केही हदसम्म माथि उठ्नेमा आशावादी देखिएका छन् ।

ुयसरी नाका खोल्नु चीनबाट राम्रो संकेत देखिएको छ, अब हुम्लाको पर्यटन र व्यापार, व्यवसाय राम्रो होला कि रु आशा पलाएको होटेल व्यवसायी महासंघ हुम्लाका अध्यक्ष मिन लामाले बताए । कारोना महामारीयता हुम्लाका २ सय हाराहारी होटेल र ४ सयभन्दा बढी व्यापारिक नाकाबन्दीका कारण यस पेशाबाट पलायन भएकाले अब सबै आ–आफ्नो काममा फर्कनेमा आफू आशावादी रहेको उनले बताए ।

 

नेपालीका लागि मात्र सीमा नाका खोल्ने चीनको निर्णयले कैलाश मानसरोवरको दर्शनका लागि तीर्थस्थल भ्रमण गर्न आउने भारतीय तीर्थयात्रीलाई असर परेको छ । हुम्लाको बाटो भएर कैलाश मानसरोवर दर्शनका लागि सबैभन्दा बढी भारतीय नागरिक आउने हुँदा हुम्लाका पर्यटन व्यवसायीलाई मर्का पर्ने लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका विनोद लामाले बताए । ‘यसरी हुम्लामा बाह्य पर्यटक आउँदा ससाना कामदार, भरिया, कृषकदेखि लिएर ठूल्ठूला व्यवसायीले समेत काम पाउँथे, होटल, रिसोर्ट उद्योग चल्थे । तर विदेशी पर्यटक नआए पछि हुम्लाका होटल आन्तरिक पर्यटकको भरमा सातामा एक दिन बिदामा चल्छन् । बाँकी दिन खुम्चिएर बस्नु पर्ने अवस्था आएको छ,’ लामाले भने ।

 

कोरोनाका कारण हुम्लामा पर्यटक आगमन सुस्त हुँदा होटल उद्योग सञ्चालन खर्चसमेत धान्नै नसक्ने गरी थला परेको छ । कोभिडले झन्डै तीन वर्ष थला पारेको होटल उद्योगलाई राज्यबाट आउने नीति नियमले कुनै सरोकार नदेखाएको आरोप लगाउँदै हुम्लामा होटल सञ्चालन गर्न कठिन भइरहेको र बजारमा अकासिएको मूल्यवृद्धि, तरलताको अभाव र हरेक व्यवसायीले पहिलेको तुलनामा अहिले व्यावसायिक लाभ लिन सक्ने अवस्था रहेको विजय होटेलका सञ्चालक एवं पर्यटन व्यवसायी विजय लामाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com