ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने


एबीसी न्यूज

काठमाडौं १६ माघ । एमाले स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बराहीमा बसेको नयाँ निर्णय गरेको छ । प्रदेश मुख्यमन्त्री र सभामुखहरुको चयन प्रक्रिया मापदण्ड निर्धारण गर्न नेकपा एमाले स्थायी कमिटी बैठक पार्टी मुख्यालयमा बसेको थियो ।। बैठकमा सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने निर्णय भएको हो ।

स्थायी कमिटीको मंगलबार बसेको बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो उपाध्यक्ष बामदेव गौतमले भने, ‘सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चयन हुनेछ ।’

 


वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश १, ३, ४ र ५ मा एमाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नेछन् ।प्रदेश ५ मा शंकर पोखरेल संसदीय दलको नेता भइसकेका छन् तर, अन्य प्रदेशमा टुंगो लागेको छैन ।

प्रदेश ६ र ७ का दलका नेता भने मुख्यमन्त्री बन्ने छैनन् । वाम गठबन्धनमा दुई प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेको छ ।

यद्यपि एमालेले दलको नेता भने त्यहाँ पनि छान्ने छ । प्रदेशसभाहरुको पहिलो बैठकले आफ्नो कार्यविधि तय गरेपछि दलको नेता चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा सचिव भीम आचार्य र शेरधन राईको दाबी छ भने ३ मा उपाध्यक्ष अष्टलग्मी शाक्य प्रमुख दाबेदार हुन् तर, राजेन्द्र पाण्डेसिहतका नेताहरुले पनि लबिङ थालेका छन् ।

प्रदेश ४ को मुख्यमन्त्रीमा सचिव पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङले दाबी गर्दै आएका छन् ।

एमाले बैठकले राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यहरुलाई तत्कालै मतदानको बिधिबारे तालिम दिने निर्णय समेत गरेको छ ।

बैठकमा पार्टी एकता, राष्ट्रियसभा निर्वाचन र प्रदेशका मुख्यमन्त्री तथा सभामुखहरुको विषयमा छलफल गरिएको छ ।

यसअघि प्रदेशका मुख्मन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरुको बाँडफाँट संयुक्त कार्यदलले टुंगो लागि सकेको छ । प्रदेशसभा संसदीय दलको नेता कसरी चयन गर्ने भन्ने बहस भइरहेको छ । ५ नम्बर प्रदेशमा शंकर पोखरेल सर्वसम्मत रुपमा दलको नेता चयन भए पनि अन्य प्रदेशमा हुन सकेको छैन ।

बाँकी रहेका प्रदेशमा दलको नेता कुने विधिबाट चयन गर्ने भन्ने बहस छ । शंकर पोखरेल दलको बैठकबाट चुनिएकाले अरु प्रदेशमा पनि सोही विधि अपनाउनुपर्ने दबाब नेतृत्वलाई छ ।

एमालेको संसदीय दलको नेता लोकतान्त्रिक प्रक्रियाबाटै चयन हुने गरेकाले माथिबाट तोक्न नमिल्ने कतिपय नेताहरुको भनाई छ ।

कुन प्रक्रियाबाट मुख्यमन्त्री र सभामुखका उम्मेदवार तय गर्ने भन्ने बारेमा स्थायी कमिटीमा छलफल भैइरहेको समाचार स्रोत बताउछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com