ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बैंकमाथि चौतर्फी आक्रमण भए विदेशी लगानी रोकिन सक्छ’ : बैंकर्स संघ


ABC NEWS

 

काठमाडौँ १६ चैत। नेपाली बैङ्किङ इन्ड्रस्टिमा भइरहेको चौतर्फी आक्रमणमा नेपाल बैंकर्स संघ (एनबीए) ले आपत्ति जनाएको छ । नियमसंगत तरिकाले पारदर्शी भएर काम गर्दा गर्दै पनि बैंकमाथि प्रहार हुनु दुःखद भएको सङ्घका अध्यक्ष सुनिल केसीले बताए ।

एनएमबी बैंकका कार्यकारी अधिकृत (सिइओ) समेत रहेका अध्यक्ष केसीले भने, ‘बैङ्किङ इन्ड्रस्टिमाथिको आक्रमण केबल संस्थामाथिको मात्र होइन, यो त समग्र मुलुकको वित्त क्षेत्रमाथिकै आक्रमण हो’ केसीले चेतावनी पूर्ण सन्देश दिँदै भने, ‘नेपालको बैङ्किङ क्षेत्रमा के भइरहेको छ अन्तर्राष्ट्रिय क्षेत्र हेरिरहेको छ । यहाँको बैङ्किङ क्षेत्रमा एकपछि अर्को यस्तै प्रहार भइरहने हो भने विदेशी लगानी (एफडीआई) नआउन पनि सक्छ’ केसीले भने ।

बैङ्किङ विश्वासकै कारण विदेशी लगानी सहज भइरहेको बताउँदै अध्यक्ष केसीले त्यो विश्वास गुमे अहिले आइरहेको धेरथोर लगानी समेत रोकिन सक्ने बताए । यसै अवसरमा बैंकर्स संघले अहिलेको अवस्था निक्षेपकै ब्याजदर साढे ८ प्रतिशत हाराहारी पुगिसकेको अवस्था कर्जामा १३.०३ प्रतिशत स्वाभाविक भएको बताएको छ ।

तरलता सहजताको रूपमा अहिले पनि बैंकहरुसँग ७० अर्ब माथि लगानी योग्य रकम रहेकाले सहज अवस्थामा नै रहेको बताए । तर, आर्थिक समस्याका बीच केही समय बैंकहरुले लगानी रोकेको र अहिले राम्रो क्षेत्र हेरेर लगानी गर्न थालेको बताए । लगानीको दीर्घ फाइदालाई हेरेर बैंकहरु मिलेर विद्युतीय गाडीमा समेत लगानी बढाइरहेको अध्यक्ष केसीले बताए । जसले पेट्रोलियम पदार्थमा बर्सेनि बाहिरिन सक्ने अर्बौँ पैसा स्वदेशमा नै रोक्न सकिने अपेक्षा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com