काठमाडौ, १६ चैत्र । भरतपुरमा करिब २ अर्ब लागतमा टर्मिनल भवन शिलान्यास भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ वर्षमा बन्ने गरी बिहीबार शिलान्यास गरेका हुन्।नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नया टर्मिनल भवन बनाउन लागेको छ।प्राधिकरणले चैत ६ गते केसी–क्षमादेवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो। प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। तराईका अधिकांश विमानस्थलमा एटीआर ७२ जहाज अवतरण गर्न सक्ने भए पनि भरतपुर विमानस्थलमा अवतरण हुँदैन। एटीआर ४२ र ट्विवनअटर जहाजले उडान र अवतरण गर्दै आएका छन्।








प्रतिक्रिया दिनुहोस्