ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपेन्द्र यादवलाई रोक्ने जनमतको दाउमा माओवादी कुशवाहाको प्रवेश , बारा – २ को उपचुनावको चक्र !


ABC NEWS

 

 

जनकपुरधाम १६ चैत । बारा–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचन निकै रोचक हुने देखिएको छ । गत मङ्सिरमा सम्पन्न आम निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेसँगै रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको हो ।

बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतले उक्त क्षेत्रमा उम्मेदवार बनाउन माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा पार्टीमा भित्र्याएपछि उक्त क्षेत्रमा वैशाख १० को प्रतिस्पर्धा झन् रोचक हुने देखिएको छ।

मंसिरको चुनावमा यादवलाई सप्तरी-२ मा पराजित गरेका राउतले पछिल्लो समय उपेन्द्रप्रति आक्रामक टिप्पणी गरिरहेका छन्। पराजित भएको पाँच महिनामै यादव चोर बाटोबाट संसद पस्न लागेको भन्दै उनले नैतिक प्रश्न उठाएका छन् भने बारा-२ मा उपेन्द्रलाई टक्कर दिने पात्रका रूपमा कुशवाहालाई उभ्याएका छन्।

कुशवाहाले उपेन्द्रलाई टक्कर दिन सक्छन् कि सक्दैनन् भन्नेचाहिँ विभिन्न ‘फ्याक्टर’मा भर पर्छ।

उक्त क्षेत्रमा उपेन्द्र उम्मेदवार बन्ने पक्कापक्की छ।  सेतोपाटीसँग कुराकानी गर्दै यादवले आफूलाई बारा-२ का जनताले उम्मेदवार बनाउन चाहेको तर आफूले पार्टी र गठबन्धनमा छलफल गरेर मात्र निर्णय लिने बताएका थिए। यादवको यो भनाइले के प्रष्ट हुन्छ भने उनी बारा-२ बाट निर्वाचन लड्दै छन्।

बारा- २ उपनिर्वाचनबाट संसद छिर्ने योजना उनले सप्तरी क्षेत्र नं २ बाट पराजित भएसँगै बनाएको देखिन्छ।

सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ । तर, उनलाई अहिलेको सत्ता गठबन्धनभित्रबाटै एउटा पक्षले असहयोग गर्ने निश्चित देखिएको हो । खासगरी जनमत पार्टी र लोसपा नेपालले उपेन्द्र यादवलाई नसघाउने परिस्थिति देखिएको छ ।

शिवचन्द्र कुशवाहाले आफू उपनिर्वाचनमा उम्मेदवार बन्ने बताउँदै आएका छन् । माओवादी केन्द्रमा रहँदा पार्टीले उम्मेदवार बनाउने निश्चित नभएकै कारण उनी बुधबार जनमत पार्टीमा प्रवेश गरेको बताइन्छ । जनमत पार्टीले सो क्षेत्रमा उनलाई नै उम्मेदवार बनाउने लगभग निश्चित रहेको स्रोत बताउँछ ।

गत मङ्सिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट रामसहाय यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । जसपाबाट उम्मेदवारी दिएर विजयी भएका उनी उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

मङ्सिरमा सम्पन्न निर्वाचनमा रामसहायका निकटतम प्रतिस्पर्धी कुशवाहा ३ सय ५४ मतान्तरले पराजित भएका थिए । तर सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव उम्मेदवार बन्ने सम्भावना बढेसँगै उनी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

सो क्षेत्रमा नेकपा एमालेले कसलाई उम्मेदवार बनाउँछ भन्ने प्रस्ट भइसकेको छैन । एमालेले आफ्नै उम्मेदवार खडा गर्छ वा कसैलाई समर्थन गर्छ भन्ने प्रस्ट नभए पनि कुशवाहाकै उम्मेदवारीले उपेन्द्र यादवलाई त्यति सहज नहुने आकलन गरिएको छ ।

सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतसँग करिब दोब्बर मतान्तरले पराजित भएपछि उपेन्द्र यादव संसद् छिर्न सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा थिए । जसका लागि उनले रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर बारा–२ मा उपनिर्वाचन हुने अवस्था सिर्जना गराए ।

सीके राउतले मधेसमा आफ्नो वर्चस्व कायम राख्न भित्रभित्रै रणनीति बनाइरहेका थिए । सोही अनुसार उनले कुशवाहालाई पार्टीमा भित्र्याए । राउतले अब कुशवाहालाई सो क्षेत्रमा उम्मेदवार बनाएर उपेन्द्र यादवलाई टक्कर दिने रणनीति अपनाउन थालेको जानकारहरू बताउँछन् ।

‘गठबन्धनले जालझेल गरिरहेको छ, त्यसलाई चिर्नका लागि जनमत पार्टीबाट कुशवाहालाई उम्मेदवार बनाउँछौँ,’ पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले भने । लोकतन्त्रको रक्षाका लागि कुशवाहालाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने उनको भनाइ थियो ।

गत मङ्सिरमा सम्पन्न निर्वाचनमा रामसहाय यादव त्यस क्षेत्रबाट विजयी हुँदा १३ हजार ८ सय २२ मत प्राप्त गरेका थिए भने कुशवाहाले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए । यस्तै, जनमत पार्टीको तर्फबाट त्यस क्षेत्रमा उम्मेदवार रहेका राजेश साहले २ हजार ७ सय २५ मत प्राप्त गरेका थिए ।

जसपाबाटै विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवले तेस्रो सबैभन्दा बढी मत प्राप्त गरेका थिए । उनले ११ हजार ४३ मत प्राप्त गरेका थिए । अहिले उनी जसपामै फर्किसकेका छन् ।

प्रदेशसभातर्फ बारा–२ का दुवै निर्वाचन क्षेत्रमा जसपाका उम्मेदवारहरू शारदा शंकरप्रसाद कलवार र बच्चा राउत अहिर निर्वाचित भएका छन् ।

समानुपातिक मतको हिसाबले पनि बारा–२ मा जसपा पहिलो स्थानमा छ । पछिल्लो निर्वाचनको मतपरिणाम अनुसार त्यहाँ १३ हजार २ सय ४२ मतसहित समानुपातिकतर्फ जसपा पहिलो स्थानमा छ भने कांग्रेस ११ हजार १ सय ७९ सहित दोस्रो स्थानमा छ ।

त्यसपछि एमालेले नौ हजार १ सय ९३, जनमत पार्टीले आठ हजार ८ सय ४६, लोसपाले ४ हजार २ सय ३५, नागरिक उन्मुक्तिले तीन हजार ७ सय ९४, माओवादीले तीन हजार २ सय ६५, नेपाल संघीय समाजवादी पार्टीले दुई हजार ३ सय ६६, एकीकृत समाजवादीले एक हजार ९ सय ९६, राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ४ सय ५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ सय ९२ मत प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com