ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीमा पुगेर बर्दी पंगेनीले भने विचार गर मोदिज्यू हेप्न नखोज, नेपालीको छातीमा टेक्न नखोज


एबीसी न्यूज

काठमाडौ,१५ माघ  । भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा देउराली साँस्कृतिक मंचको आयोजना एवं सुपा देवी देउराली टुर्स एण्ड ट्रावल्सको प्रायोजकत्वमा भारतको राजधानी दिल्लीमा भएको भव्य एवं शानदार नेपाली साँस्कृतिक कार्यक्रममा चर्चित गायक बद्रि पंगेनीले नयाँ गित गाएका हुन ।

उनले यो गित सँगै सुरु गरेका थिए । विचार गर मोदिज्यू हेप्न नखोज, नेपालीको छातिमा टेक्न नखोज, नेपालको सिमाना मिच्न नखोज, हाम्रो देशको सिमाना मिच्न नखोज भन्दै नेपाल र भारतको सम्बन्ध सधै राम्रो रहोस भन्न भ्याएका थिए ।

नेपालको झण्डा उठाएर प्रस्तुति दिदै आएका बद्रिले सम्बोधन सँगै जय नेपाल, जय नेपाल आमा र जय नेपाली माटो भन्दै गाउन थालेका थिए । जनगायक जीवन शर्माको आगमनले गृहकल्याण केन्द्र एण्ड्रयूजगंजको प्रांगणमा दर्शकको भिड लागेको थियो । जब जनगायकले प्रस्तुति दिन थाले हजारौ दर्शकहरुलाई तरंगित गराइदिए । प्राय सबैले खुट्टा उचालेको देखिन्थ्यो ।

शर्माले मुलुकमा नयाँ आयाम देखिएको छ । अव तपाई हामी सबै देशमै सँगै बस्नु पर्छ, भन्दै सम्बोधन गरेका जिवनले सिमलि छायाँमा बसि भरिया लामो सास फेरेको भन्ने गित समेत गाउन भ्याएका थिए ।

नेपाली राजदूतावासका सँस्कृति विभाग काउन्सेलर प्रकाशराज पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपालका प्रमुख राजनैतिक दलहरुका प्रवासी जनवर्गिय संगठनहरुका प्रतिनिधिहरु काँग्रेस निकट जनवर्गिय संगठन नेपाली जन सम्पर्क समिति भारतका सह–महामन्त्री विष्णु प्रसाद पाण्डे, एमाले निकट प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारी, राजमो निकट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नगर समिति अध्यक्ष शिव केसी, अखिल भारत नेपाली एकता मंचका जीवन शर्मा र आर। वि। खड्का र प्रवासी नेपाली जनसमाज भारतका कोषाध्यक्ष भिमकान्त घिमिरे विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

सुपा देवी देउराली टुर्स एण्ड ट्रावल्सका अध्यक्ष जे। वि। थापा विशिष्ट अतिथिको रुपमा रहेको सो कार्यक्रममा भाइचारा संगठन भारत बचाओ अभियानका चेयरम्यान श्री टिडि सिंह पनि विशिष्ट अतिथिको रुपमा रहेका थिए र एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका सँस्थापक शेखर कुँवर, उपाध्यक्षद्वय राम नेपाल र टिकाराम कँडेल, महासचिव मोहन कार्कि सहित अन्य विभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा सम्मानित भएका थिए ।

साँस्कृतिक मंचका अध्यक्ष पिताम्बर खत्रीले अध्यक्षता गरेको सो कार्यक्रममा सुपा देवी देउराली टुर्स एण्ड ट्रावल्सका सँस्थापक उपाध्यक्ष विन बहादुर के। सी।ले स्वागत मन्तव्य दिएका थिए । ट्रावल्सका संयोजक दिल खत्रीले धन्यवाद ज्ञापन सहित सुपा देवी देउराली टुर्स एण्ड ट्रावल्सको बारेमा कुरा राख्दै सेवा र सुविधा सहित व्यबस्थित रुपमा नेपाल भारत आवागमनमा बसहरु संचालनमा ल्याएको बताएका थिए ।

खत्रीले हामीले हाम्रा आफ्नै बसहरु संचालनमा ल्याएका छौं । यदि व्यबस्थापनमा कहि कतै कमजोरी देखिएमा हाम्रो कार्यालय सरोजनी नगर, पकौडा मार्केटमा सम्पर्क गर्न सक्नुहुनेछ, भनेका थिए ।

दिल्लीको अति लोकप्रिय ठाउ गृह कल्याण केन्द्र, एण्ड्रयूजगंजको सभाहल बाहिरको प्रांगणमा सम्पन्न भएको सो कार्यक्रममा राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरु सम्झना भण्डारी, नारायण विपि परियार, बिष्णु श्रीपाली, सुबोध पोख्रेल र राम गहतराजले दर्शहरुलाई नचाएका थिए ।

सुपा देवी देउराली टुर्स एण्ड ट्राभल्सले नयाँ वातानुकुलित बसको उद्घाटन समेत गरेको सो कार्यक्रमा नेपाली समूदायले भरपुर मनोरंजनको आनन्द उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

मैले मेरो स्मार्टफोन छाडेर ’पुरानै फोन’ चलाउन लागें, तपाईंले पनि त्यसै गर्ने कि ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com