ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पार्टी एकता र सरकार गठन सँगसँगै’ : प्रचण्ड


एबीसी न्यूज

 

धनगढी, १५ माघ।   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता र सरकार गठन सँगसँगै गर्ने उद्देश्यका साथ आफूहरू अगाडि बढेको बताउनुभएको छ ।


कैलालीको भजनीमा आजदेखि ‘कला, साहित्य, कृषि, शिक्षा र व्यापार हाम्रो पहिचान, भजनी क्षेत्रको सर्वाङ्गीण विकास हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको ‘भजनी महोत्सव’को उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका लागि विभिन्न कार्यदल बनाएर काम अगाडि बढाएका छौँ ।”

अर्काे प्रसङ्गमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको इतिहासमा पहिलो पटक बहुमतको, स्थायी र बलियो सरकार बनाउने सम्भावना पैदा भएको छ भन्नुभयो । उहाँले महोत्सव आयोजकका तर्फबाट पेश गरिएको भजनी क्षेत्रको विकाससम्बन्धी माग पूरा गराउन पहल गरिने आश्वासन दिनुभयो ।

भजनी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमराज जैशीले पृथ्वीपुर छोटी भन्सारको स्तरोन्नति, कान्द्रा, काँडा र मोहना नदी नियन्त्रण, कृषि परियोजना कार्यक्रम लागु, भजनी क्षेत्रका तालतलैयाको व्यवस्थापन, रंगशाला र उद्यान निर्माण, बाढीपीडितको समस्या समाधानलगायत १५ बुँदे मागपत्र सो अवसरमा अध्यक्ष दाहालसमक्ष पेश गर्नुभएको थियो । यही माघ २४ सम्म चल्ने महोत्सवमा कृषि, व्यापार व्यवसायसम्बन्धी ७७ कक्ष छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com