ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम म्याग्दी युवा क्लबलाई ‘म्याग्दी कप’को उपाधि


एबीसी / संवाददाता

बेनी, ८ चैत । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप, २०७९’ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लबलाई पराजित गर्दै पश्चिम म्याग्दीले बाजी मारेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटका आधारमा गरिएको थियो । पेनाल्टी सुटआउटमा पश्चिम म्याग्दीले कालीपुल युनाइटेडलाई ६–५ गोलअन्तरले हरायो । विजयी पश्चिम म्याग्दीले एक लाख २० हजार तथा उपविजेता कालीपुल युनाईटेडले रु ७० हजार पुरस्कार प्राप्त गर्‍यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन मगर घोषित भए । उनले प्रतियोगिता अवधिभर आठ गोल गरे । यस्तै उत्कृष्ट गोलरक्षक कालीपुल युनाइटेडका सन्दीप क्षेत्री, उदीयमान खेलाडी सनम विक र अनुशासित टोली जनप्रिय युवा क्लब दरबाङ घोषित भयो । अनुशासित क्लब र उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलरक्षकलाई सात हजार तथा उत्कृष्ट युवा खेलाडीलाई पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

विजेतालाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी कपका संयोजक विक्रम सुवेदी, नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मालगायतले पुरस्कार प्रदान गरेका थिए ।

म्याग्दी कप व्यवस्थापन समितिको आयोजना तथा जिल्ला फुटबल संघको सहआयोजनामा यही चैत १ गतेदेखि सुरु भएको सो प्रतियोगितामा १० क्लब सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com