ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रासायनिक मलमा गरिएको अनुदान कटौतीको निर्णय फिर्ता


ABC NEWS

 

काठमाडौं ६ चैत । रासायनिक मलको मूल्यवृद्धि हुने गरी अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ।

रासायनिक मल आयातमा प्रदान गर्दै आएको अनुदान घटाउने निर्णय सरकारले फागुन ३० मा गरेको थियो।

उक्त निर्णयलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले उल्ट्याउँदै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको हो।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सञ्चारमन्त्रालयले जनाएको छ।‘सरकारले कालोबजारी नहोस् भनेर रासायनिक मलको मूल्य बढायो’

यसअघि कृषि विकास तथा पशुपन्छी मन्त्रालयले अनुदान घटाएर सरकारी निकायमार्फत आयात गर्दा समयमा नै मल नआउने, आवश्यकताभन्दा कम परिमाण समेत आएको देखिएको दाबी गरेको थियो। त्यसको फाइदा उठाउँदै व्यापारीहरुले छिमेकी देशबाट आयात गरेर कालोबजारी गरिरहेको जनाउँदै अनुदान कटौती गरेर मूल्य बढाइएको दाबी मन्त्रालयको थियो।

‘अहिले अनुदान घटाएपछि मूल्यवृद्धि हुने र कालोबजारी कम हुने जानकारी छ’, कृषि विकास पशुपन्छि मन्त्रालयले भनेको थियो, ‘अनुदानित मल आवश्यकताअनुसार उपलब्ध हुन नसक्दा कृषकहरुले कमसल तथा महँगो मल खरिद गर्नुपर्ने बाध्यता रहेको र अनुदानित मल सस्तो भएकोले कालोबजारी बढेको गुनासो समेत सम्बोधन गर्न अनुदान घटाउने निर्णयले मद्दत गर्छ।’

अनुदान घटाएपछि युरियामा ११ रुपैयाँ प्रतिकेजी, डीएपीमा ७ रुपैयाँ प्रतिकेजी, पोटासमा ९ रुपैयाँ प्रतिकेजी बढ्ने थियो। तर राजनीतिक दलसहित जनस्तरबाट पनि सरकारको उक्त निर्णयको चर्को आलोचना भएपछि सोमबारको मन्त्रिपरिषद्ले त्यसलाई यथावत राख्ने निर्णय लिएको हो।

युरियामा कुल लागतको ८० प्रतिशत, डीएपीमा ५९ प्रतिशत र पोटासमा ५८ प्रतिशत सरकारले अनुदान प्रदान गर्ने गरेको थियो।

उक्त निर्णयअनुसार युरियामा साढे ६४ प्रतिशत, डीएपीमा ५२ दशमलव ३८ प्रतिशत र पोटासमा ४६ प्रतिशत अनुदान प्रदान गर्न लागिएको थियो। तर सोमबारको मन्त्रिपरिषद्ले पुरानै अनुदानलाई यथावत राख्ने निर्णय लिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com