ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै कांग्रेसले सत्तापक्षमा बस्नु पर्दछ : महामन्त्री थापा


ABC NEWS

 

काठमाडौँ ३ चैत । नेपाली कांग्रेस महामन्त्री गगन थापाले संसद्को आगामी बैठकअघि नै पार्टी सत्तापक्षमा बस्नुपर्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि पत्रकारसँग कुराकानी गर्दै महामन्त्री थापाले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि नै सत्तापक्षमा बस्ने निर्णय गुर्न पर्दछ ।

चैत ५ गतेका लागि बोलाइएको संसद् बैठकअघि नै कांग्रेसले सत्ता पक्षमा बस्ने, सरकारमा जाने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।

महामन्त्री थापाले सरकार आफ्नो कार्यदिशामा स्पष्ट हुनुपर्ने बताए । उनले भने, ‘अबको ५ वर्षका लागि यो सरकारले के दिन्छ के कुराको परिवर्तन देखाउँछ भन्ने कुरा डे वानदेखि नै लाग्नुपर्छ । प्रधानमन्त्री र सरकारमा जाने मन्त्रीहरू पनि के गर्ने भन्नेमा स्पष्ट हुनुपर्छ । मन्त्रालय लिने कुरामा मात्र रस्साकस्सी हुनुहुँदैन । पुष्पकमल दाहाल नेतृत्वको यो गठबन्धनको सरकारले जनतालाई के(के कुरा दिने भन्ने कुरामा पनि रस्साकस्सी होस् ।’

चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम रहेको छ । कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री दाहालले विश्वासको मत लिएलगत्तै सरकारले पूर्णता पाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com