ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने


एबीसी / संवाददाता
चैत्र २, २०७९ बिहीबार   ६ : १५   बजे

काठमाडौँ, २ चैत । नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पुर्‍याइने जानकारी दिए ।

“मैले तेलुगु चलचित्रमा काम गरेको छु । त्यहाँका दर्शकलाई लक्षित गर्दै स्वरांकन गरिएको छ । यद्यपि नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुनेछ”, निर्देशक भण्डारीले भने, “हामीले अन्य दर्शक थप्ने हो भने स्वरांकनको विकल्प नै छैन । यसले ओटिटीमा स्थान पाएमा अन्य चलचित्रलाई समेत सजिलो हुनेछ ।” उनले ‘रणवीर’ चलचित्रमार्फत् निर्देशनमा सुरुवात गरेका थिए । पहलो चलचित्र द्वन्द्वप्रधान भए तापनि दोस्रो प्रेमकथामा आधारित छ ।

निर्देशक भण्डारीले भने, “दर्शकलाई फरक स्वाद दिउँ भनेर प्रेम कथानक विधा रोजेको हुँ । यसमा द्वन्द्व छ तर प्रेमको । यसपछि केही समय म यस्तो चलचित्र निर्देशन गर्दिनँ ।” गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरूष’मार्फत् दर्शकमाझ स्थापित भएका अभिनेता अरुण क्षेत्रीले कथावस्तु सुन्दर रहेको बताए । “ट्रेलरमा उस्तै देखिए तापनि मेरो चरित्र विल्कुलै फरक छ । आफूलाई भिन्न देखाउने कोसिस गरेको छु”, अभिनेता क्षेत्रीले भने, “दर्शकले गर्नुभएको विश्वास बढ्ने गरी काम गरेको छु ।”

चलचित्रकी अभिनेत्री सुवेक्षा खड्काले आफूले निर्वाह गर्न चाहेको भूमिका पाएको जानकारी दिइन्। उनले भनिन्, “यो चरित्रसँग भावनात्मकरूपमा समेत जोडिएकी थिएँ । यसलाई जिवन्त बनाउन आफ्नोतर्फबाट सक्दो मेहनत गरेकी छु ।” आयोजित पत्रकार सम्मेलनमा एसडी योगीको स्वर, सविन एकतारेको शब्द र सुशान्त गौतमको संघीत रहेको चलचित्रको नयाँ गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको थियो ।

त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रलाई काठमाडौँ, धनगढी र कर्णालीमा छायांकन गरिएको छ । यसमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गर्नुभएको छ । चैत १७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘प्रेमा’ लाई उपत्यकामा जिजिए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group