काठमाडौं, १ चैत । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेस्थित खेतमा हाल सोही नगरपालिका-१० दिपनगर बस्ने ४० वर्षीय ध्रुव जंग शाही मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, दिप्रुङचुईचुम्मा गाउँपालिका-५ वातिखुम बस्ने ४० वर्षीय उत्तम परियार सोही ठाउँस्थित सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-६ लुम्बिनी विकास कोषको कम्पाउण्डभित्र भोजपुर, भोजपुर नगरपालिका-८ पोखरे बस्ने ५२ वर्षीय हस्त बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।








प्रतिक्रिया दिनुहोस्