ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चमा मुद्दा पर्ने कुरा उठेपछि जसपाले कायम राख्यो उपराष्ट्रपतिका दुई उम्मेदवार


एबीसी / संवाददाता

काठमाडौँ, २९ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रतिनिधिसभा सांसद रामसहायप्रसाद यादव र राष्ट्रियसभा सदस्य प्रमिलाकुमारी यादवको उम्मेदवारी कायम राखेको छ ।

जसपाले प्रमिला यादवको उम्मेदवारी फिर्ता लिएर रामसहायको मात्रै कायम राख्ने तयारी गरेको थियो । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले पार्टीका शीर्ष नेताहरू र सत्तारूढ गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए ।

छलफलमा सहभागी राजनीतिक दलका नेताहरूका अनुसार राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको र उपराष्ट्रपतिमा महिला हुनै पर्ने मागसहित सर्वोच्चमा मुद्दा पर्ने कुरा उठेपछि दुवैको उम्मेदवारी कायम राख्ने निर्णय भएको हो ।

अदालतमा रिट परेमा न्यायाधीशले कस्तो निर्णय गर्न सक्छन् भन्ने यकिन नभएकाले नै उपराष्ट्रपतिमा गठबन्धनबाट जसपाका दुवै उम्मेदवारको नाम कायम राखिएको सत्ता गठबन्धनका एक नेताले जानकारी दिए । ती नेताका अनुसार मुद्दा नपरे वा दुवैको उम्मेदवारी कायम रहिरहे निर्वाचनअघिसम्म कुनै निर्णय लिइनेछ ।

जसपाका नेता तथा सांसद् प्रदीप यादवले भने प्रमिला यादवको उम्मेदवारीको हकमा पछि निर्णय लिइने बताएका छन् ।

उपराष्ट्रपति पदका लागि जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला यादवसँगै नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । जसपा र जनमत पार्टी  सत्तारूढ ९ दलीय गठबन्धनमा आबद्ध छन् ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com