ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच महिनामा सुधारको अनुभूति नभए यो गठबन्धनको काम छैन : महामन्त्री गगन थापा


ABC NEWS

 

काठमाडौँ २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र सुधारका लागि सरकारले समयको अभावलाई बुझ्न सक्नुपर्ने बताएका छन् । थापाले अहिलेको सरकारलाई नागरिकले काम गर्नका लागि ४र५ महिनाको समयमात्रै दिने बताए ।

‘हामीसँग स्रोतसाधनको अभाव छ, त्योभन्दा धेरै समयको अभाव छ, हाम्रो प्रधानमन्त्रीले त्यो अभावको अनुभूति कति गरेको छ भन्ने कुराले हाम्रो गन्तव्यको अनुमान लगाउन सक्छौँ,’ थापाले भने, ‘अहिले सबैभन्दा धेरै नागरिकमा धैर्यताको अभाव छ । हामीसँग नागरिकलाई आशा जगाउनकालागि पाँच महिनाको समयमात्रै हो, यदि अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले केही गरिरहेको छ, सुधार हुँदैछ भन्ने अनुभूति गराउन सकेन भने संख्या जति भएपनि केही हुँदैन, गठबन्धन जति ठूलो भएपनि केही अर्थ रहँदैन ।’

नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले आइतबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले मुलुकको ढुकुटी कसरी चलिरहेको भनेर सरकारले खबर राख्नुपर्ने बताए ।

‘हामी अहिले राष्ट्रपतिको चुनाव भनेका छौँ, उपराष्ट्रपतिको चुनाव भनेका छौँ, बधाई साटेका छौँ, हिडेका छौँ, तर समय त बितिरहेकै छ,’ उनले भने, ‘हाम्रो सरकारका दर्जनौँ मन्त्रालयहरू रिक्त छन्, त्यहाँ खर्चमात्रै भइरहेको छ, काम भइरहेको छैन । को व्यक्ति प्रधानमन्त्री, मन्त्री भयो भन्ने कुराले अर्थ राख्दैन, हाम्रो हरेक प्रधानमन्त्रीले आफ्नो खुत्रुक्केमा कति पैसा छ रु कसरी चलिरहेको छ रु भनेर थाहा पाउनुपर्छ । अर्थतन्त्र बिग्रिएर देश श्रीलंका बन्ला कि भनेर नागरिक डराउने होइन, हाम्रो प्रधानमन्त्री डराउनुपर्छ ।’

उनले प्रधानमन्त्रीले आफू उभिएको ठाउँ थाहा पाएमात्रै गन्तव्य तय गर्न सक्ने बताए । उनले सरकारको न्यूनतम साझा कार्यक्रमको अभ्यास राम्रो भएपनि त्यो यथार्थमा आधारित हुनुपर्ने बताए । ‘हामी गठबन्धनको सरकारको अभ्यास गरिरहेका छौँ, तर यस्तोमा प्रधानमन्त्री दलको वा गठबन्धनको नेता हुने कि सरकारको नेता हुने भन्ने मुख्य प्रश्न देखिरहेको छु,’ थापाले भने, ‘प्रधानमन्त्रीले सरकारको नेता भएर काम गर्नुपर्ने हुन्छ ।’

उनले सरकारले आर्थिक सुशासन कायम गर्न सक्नुपर्ने बताए । ‘निर्वाचनबाट आएको सरकारलाई बाँध्नकालागि संवैधानिक उदारवादको सिद्धान्तबाट सरकारले आफूलाई निरन्तररुपमा बाँधिरहनुपर्छ । यसकालागि सरकारले तीन कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पहिलो हो विधिको शासन, दोस्रो संविधानमा गरिएका बाचा र अर्को भनेको शक्ति सन्तुलनको सिद्धान्त हो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौं, १२ चैत। एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज

खानेपानी ट्यांकीमा भेटियो शव

दमोली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो। घरघरमा

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

काठमाडौँ । सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर

सम्बन्धित

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

खानेपानी ट्यांकीमा भेटियो शव

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com