ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएईविरुद्ध कप्तान रोहितको कीर्तिमानी अर्धशतक


ABC NEWS
फाल्गुन २८, २०७९ आईतबार  ११ : ४९ बजे

काठमाडौं २८ फागुन । आइसिसी विश्वकप लिग(२ अन्तर्गत युएईविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले आठौं अर्धशतक प्रहार गर्ने क्रममा ८३ बलमा ७ चौका प्रहार गरे।

उनी नेपालका लागि एकदिवसीय खेलमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने।

रोहितले नेपालका लगि एक शतक पनि प्रहार गरेका छन्। नेपालले युएईविरुद्ध ३० ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १२१ रन जोडेको छ।

पावरप्लेमै ३ विकेट गुमाएर दबाबमा परेको नेपाललाई भीम सार्की र कप्तान रोहित पौडेलले उकासेका थिए।

एक समय २२(३ को खराब स्थितिमा रहेको नेपाललाई चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए।

तर ३७ बलमा ४ चौकासहित २९ रनमा सार्की क्याच आउट भए पछि नेपालले चौथो विकेट गुमाएको छ।

यसअघि नेपालले ७।१ ओभरमा तीन विकेट गुमाउँदा २२ रन मात्र जोडेको थियो। ओपनिङ ब्याट्सम्यान आशिफ शून्यमा आउट भएका थिए। उनलाई युएईका आर्यन लक्राले दोस्रो ओभरको पाँचौ बलमा बोल्ड गरे। यस्तै अर्का ओपनर कुशल भुर्तेल ८ रन बनाएर आउट भए।

उनी पाँचौ ओभरको तेस्रो बलमा युएईका आयान खानको डलबिडब्लूको धरापमा परे। यस्तै आठौं ओभरको पहिलो बलमा कुशल मल्ल ९ रनमै आउट भए।

उच्च फर्ममा रहेको नेपालले युएईलाई हराउँदै तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ। यो सँगै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्नेछ।

सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। समान खेलबाट ३१ अंक जोडेको युएई छैटौ स्थानमा छ भने ११ अंक जोडेको पीएनजी सातौं स्थानमा रहेको छ।

पहिलो खेलमा पिएनजीसँग पराजित भएको युएईलाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ।

लिगका पछिल्ला ९ मध्ये ८ खेलमा नेपालले जित हात पारेको छ। घरेलु मैदानमा भएका पछिल्ला पाँच खेलमा नेपाल अपराजित छ।

नेपाललाई सोझै विश्वकप छनोट खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ। युएई भने शीर्ष तीनको दौडबाट बाहिरिसकेको छ।

विश्वकप लिग टु क्रिकेटमा आफ्ना सबै खेल सकाएको स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन बन्दा ४४ अंकसहित ओमान दोस्रो, ३९ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छन्। यस्तै ३५ अंक जोडेको अमेरिकाले पनि आफ्ना सबै खेल सकाएको छ।

नेपाल, युएई र पीएनजीबीचको काठमाडौंमा जारी अन्तिम सिरिज पछि चार वर्ष लामो विश्वकप लिग टु क्रिकेट सकिनेछ।

यो प्रतियोगिताको शीर्ष तीनमा पर्ने टोलीले जिम्बाबेमा हुने विश्वकप छनोटमा सोझै पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com