ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

एक्यापको क्षेत्र स्थानीय तहले उपयोग गर्न पाउनुपर्ने माग


bhawani desk
फाल्गुन २८, २०७९ आईतबार  ९ : ४३ बजे

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्र स्थानीय पालिकाले उपयोग गर्न पाउनुपर्ने एक्यापभित्रका पालिकाहरूले माग गरेका छन् । शनिबार कास्कीको माछापुच्छ«े गाउँपालिकामा आयोजित समन्वयात्मक कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्षहरूले यस्तो माग गरेको हुन् । माछापुच्छ«े गाउँपालिकाको संयोजनमा एक्यापभित्र पर्ने १५ पालिका प्रमुख र उपप्रमुखहरू भेलाले छ बुँदे माग गरेका छन् । माछापुच्छे«का अध्यक्ष मीनबहादुर गुरुङले एक्यापको म्याद थप्न नहुने बताउनुभयो । उहाँका अनुसार दुई वर्षदेखि एक्यापको म्याद थपिएको छैन । अब एक्यापको क्षेत्र स्थानीय तहले प्रयोग गर्न पाउनुपर्ने उहाँले बताउनुभयो । स्थानीय सरकारको प्रमुख आयस्रोत नै प्राकृतिक क्षेत्र भएको लमजुङको क्होलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । तर प्राकृतिक स्रोतको आम्दानी एक्यापले राख्दा विकासमा समस्या भएको उहाँको भनाइ छ । एक्यापको नीति–नियमले गर्दा विकास निर्माणको काम गर्न समस्या भएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताउनुभयो ।
“हाम्रो गाउँपालिकामा १५ शय्याको अस्पतालको काम चल्दैछ”, उहाँले भन्नुभयो, “काम गर्ने क्रममा पाँचवटा रुख काट्नुपर्ने भयो, त्यो एक्यापभित्र पर्ने भएकाले काट्नै समस्या भयो ।” एक्यापका कारण धेरै समस्या झेल्नुपरेकाले १५ वटै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष भेला भएर साझा धारणा बनाउनुपरेको माछापुच्छे« गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले बताउनुयभो । भेलाले एक्याप र यसका कानुनका कारण अर्थ सङ्कलनमा परेका समस्या समाधानका लागि सङ्घीय र प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । एक्याप कास्कीसहित मनाङ, मुस्ताङ, लमजुङ र म्याग्दी गरी पाँच जिल्लाका १५ गाउँपालिकामा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं– ३ को मतगणना सुरु

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com