ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोगको व्याख्याका कारण उपराष्ट्रपतिमा जसपाकै दुई उम्मेदवार, जनमतकी ममताले पनि उम्मेदवारी दर्ता


ABC NEWS

 

काठमाडौं २७ फागुन । सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)ले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ ।निर्वाचन आयोगले जसपाको रामसहयाप्रसाद यादवलाई उमेद्वारी दिनबाट रोक्ने गरी उपेन्द्र यादवलाई संसद छिर्ने बाटो बन्द गर्नका लागि असंवैधानिक व्याख्या गरेपछि सत्ता गठबन्धनमा अन्योल भएको हो । विश्वस्त स्रोतका अनुसार उपेन्द्र यादवलाई कुनै पनि हालतमा यस कार्यकालमा संसदमा छिर्न नदिने योजना अन्तर्गत नै निर्वाचन आयोगले यस्तो व्यख्या गरेको हो । उपेन्द्र यादवलाई संसदभा छिर्न नदिनेबारे भइरहेको गतिविधिप्रति प्रधानमन्त्री प्रचण्ड र नेका सभापति देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओली समेत जानकार रहेको दावी गरिएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको १० दलको बैठकले जनता समाजवादी पार्टी (जसपा)बाट दुई जना (पुरुष र महिला) उम्मेदवार दर्ता गर्ने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा रहेको जनमत पार्टीले महिला उम्मेदवार मतता झालाई उठाउने छ ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल भन्छन्, ‘अहिले ३ जनाको उम्मेदवारी दर्ता हुन्छ । अरु भोलि फेरि छलफल गरेर टुंगो लगाउँछौं ।’

सत्तारुढ चार दल (नेपालीकांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भइसकेको छ । त्यसअनुसार संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय पनि जसपाले गरेको थियो ।

तर निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने बताएको छ । यसअनुसार खासआर्य बाहेकका समुदायका पुरुष पनि उम्मेदवार हुनसक्ने सत्तारुढ नेताहरुको तर्क थियो ।

तर निर्वाचन आयोगले संविधानको धारा ३८ (४) पनि उल्लेख गरेको छ, जसमा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ ।

यसले जसपा अफ्ठ्यारोमा परेको छ । त्यसैले जसपाबाट महिला र पुरुष दुवै उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए । स्रोतका अनुसार जसपाले पुरुषमा रामसहाय यादवलाई नै उम्मेदवार बनाउनेछ भने महिलामा प्रमिला यादवलाई अघि सार्ने सम्भावना छ ।

गठबन्धनमा साना दलहरुले जनमत पार्टीका उम्मेद्वार ममता झालाई समर्थन गर्ने बताएका छन् । एक नेताका अनुसार जसपाका रामसहायको उम्मेदवारी दर्ता भएर कायम रहृयो भने उनी नै सत्तारुढ गठबन्धनको उम्मेदवार बन्ने छन् । तर उनको उम्मेदवारी दर्ता भएका वा दर्ता भएर पनि खारेज भयो भने जसपाका महिला उम्मेदवार वा जनमतकी उम्मेदवार ममता मध्ये कसलाई कायम राख्ने भनेर शीर्ष तहमा फेरि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com