ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चमा लाउडा भाडादेखि चर्चित व्यक्ति जोडिएका मुद्दा दशकौंदेखि विचाराधीन (भिडियो)


ABC NEWS
फाल्गुन २२, २०७९ सोमबार  ११ : २२ बजे

स्टिङ अप्रेसन गर्नुपर्ने मुद्दा किन किनारा लाग्दैनन् ?

काठमाडौं, २२ फागुन ।

सर्वोच्च अदालतमा ठूला भ्रष्टाचार मुद्दा डेढ दशकदेखि विचाराधीन अवस्थामा छ । लाउडासहित ठूला भ्रष्टाचारका ३९ मुद्दा नौ वर्षभन्दा बढी समयदेखि अल्झिएका छन् । भने पाँच वर्ष पुराना १७१ मुद्दा विचाराधीन छन् । विचाराधीन मुद्दाको छिटो फछ्र्यौटका लागि अभियान फाँटमा राखेर निरन्तर पेसी चढेपनि यसको फैसला आउन सकेको छैन । सर्वोच्चमा कर, जग्गासम्बन्धी भ्रष्टाचारका मुद्दा, उच्च पदमा रहदा भ्रष्टाचार गरेका चर्चित व्यक्तिहरुको मुद्दा लामो समयदेखि किनारा लाग्न सकेका छैनन् ।

देशमा कुनै बेला निकै चर्चामा रहेको लाउडा विमान प्रकरण अहिलेसम्म पनि सल्टिएको छैन । प्रजातन्त्र प्राप्तिसँगै भएको लाउडा विमानको भाडा भ्रष्टाचार मुद्दा गणतन्त्र स्थापनाको डेढ दशक नाघ्दा पनि नसल्टेको हो । २०५८ साल जेठमा लाउडा भाडा लाउडा भाडामा ३८ करोडको भ्रष्टाचार भएको दाबीसहित तत्कालीन पुनरावेदन अदालत पाटनमा सो मुद्दा दर्ता भएको थियो । लाउडा भाडा भ्रष्टाचारको मुद्दा विशेष अदालत स¥यो र विशेषबाट सफाइ पाएपछि सरकारी पक्ष २०६४ माघ १४ गते सर्वोच्चमा पुनरावेदन भयो । संयुक्त इजलासमा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा पेस हुने गरी पुनः दर्ता भएको थियो । महान्यायाधिवक्ताको कार्यालयका अनुसार सरकारसमेत पक्ष रहेको सबैभन्दा पुरानो भ्रष्टाचार मुद्दा यही हो । यस सम्बन्धमा २०६५ माघ २१ मा तोकिएको पहिलो पेशी नै स्थगित गरिएको देखियो र यसको दश वर्षपछि अर्थात् २०७४ वैशख ६ मा यो मुद्दामा केही उल्टो आदेश भयो । न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको इजलासले विशेषको फैसलामा आंशिक उल्टी हुने गरी अन्तिम आदेश सुनायो । न्यायाधीश खतिवडाले विशेषको फैसला उल्टिनुपर्ने र आरोपितहरूमाथि भ्रष्टाचार मुद्दा ठहर भएकाले सजाय सुनाउनुपर्ने फैसला गरेका थिए भने अर्का न्यायाधीश घिमिरेले विशेषको फैसला सदर गरेका थिए । संयुक्त इजलासका न्यायाधीशबीच राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा पेस भयो । २०७४ मंसिर ४ गते पूर्ण इजलासमा मुद्दा दर्ता भए पनि यो टुंगिन सकेन । पछिल्लो पटक न्यायधीश अनिलकुमार सिन्हा, टंकबहादुर मोक्तान र कुमार रेग्मीको इजलासमा पेस भएको छ । यो मुद्दा २२ पटक इजलाससामु पुगे पनि ११ पटक हेर्न नभ्याइनेमा र ६ पटक स्थगित, पाँचपटक हेर्न नमिल्ने इजलासमा प¥यो । राजनीतिक अस्थीरतासँगै संवैधानिक निकायमा समेत संकटपूर्ण स्थिती पैदा हुदै गएको छ ।

यस्तै, काठमाडौंस्थित गुठी संस्थानका प्रशासक वादी र खड्गसिद्धि भनिने संघसिद्धि तुलाधरसमेत चार प्रतिवादी रहेको निजी गुठी राजगुठीसम्बन्धी अर्काे मुद्दा सर्वोच्चमा २०६३ चैत २ गतेदेखि अलपत्र छ । भक्तपुर, टोखा, साङ्लालगायत स्थानको गुठीका जग्गा व्यक्तिका नाममा कायम गरेको विषयको यो मुद्दा १६ वर्षमा ३९ पटक इजलासमा परे पनि फैसला हुन सकेको छैन । यो मूल मुद्दामा थप आठ मुद्दा लगाउमा छन् । गत फागुन २ देखि न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासमा हेर्दाहेर्दैमा छ । २०६८ साउन २५ मा नेपाल सरकार वादी भएर सर्वोच्चमा पुनरावेदनका रुपमा प्रवेश गरेको राष्ट्रिय वाणिज्य बैंकमा भ्रष्टाचारसम्बन्धी मुद्दा पजि विचाराधीन छ । यसका अन्य आठ मुद्दामा लगाउमा छन् र उनीहरुमाथि बैंकलाई नोक्सान पु¥यार्ए भ्रष्टाचार गरेको आरोप छ । फैसला बुझेर विभिन्न मितिमा प्रतिवादीहरूसमेत पुनरावेदनमा आएपछि मुद्दा संख्या बढ्दै गएको अवस्था छ । यो मुद्दा ३५ पटक इजलासमा पेस भएकोमा सात पटक हेर्न नमिल्ने, नौ पटक हेर्न नभ्याइने र दश पटक स्थगित भएको छ । ‘चालिसे सिल्भर फाइबर टेक्सटायल’ को जग्गासहितको सम्पत्ति मूल्यांकन न्यून गरेर कर्मचारी सञ्चय कोषलाई हानि पुग्ने गरी कर्जा प्रवाह गरिएको विषयको मुद्दा पनि ११ वर्षभन्दा लामो समयदेखि सर्वोच्चमै विचाराधीन छ । यस्तै, २०६७ साउन ३१ मा दर्ता भएको चिरञ्जीवीलाल राजभण्डारीसमेत चार प्रतिवादी रहेको भ्रष्टाचारको मुद्दा पनि ३५ पटक इजलासमा पुगेको छ भने यो ६ पटक हेर्न नभ्याइने र १५ पटक स्थगित भएको छ । पूर्वमन्त्री गोविन्दराज जोशी, ताराराज पाण्डेसमेतको गैरकानुनी सम्पत्ति आर्जनका मुद्दा पनि लामो समयसम्म अल्झिएका छन् । यससँगै सातवटा मुद्दा लगाउमा छन् । विशेष अदालतबाट सफाइ पाउने खुमबहादुर खड्का, जयप्रकाशप्रसाद गुप्तासहितका मुद्दा टुंगिसक्दा उनैसँग सफाइ पाएका जोशीको मुद्दा भने हालसम्म सर्वोच्चमै अल्झिएको हो । विशेषले उनलाई दोषी ठहर गर्दै डेढ वर्ष कैद तथा दुई करोड १६ लाख रुपैयाँभन्दा बढी जरिवाना हुने सजाय सुनाएको थियो । न्यायको सर्वोच्च निकाय सर्वोच्च अदालतमै यसखाले मुद्दा दशकौंदेखि किनारा लाग्न नसक्दा न्यायको क्षेत्रमा आशातीत वातावरण बन्न सकेको छैन ।

सर्वोच्चमा चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँच महिनामा थप १७१ भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् । विशेष अदालतको फैसला चित्त नबुझेर महान्यायधिवक्ताको कार्यालयमा अख्तियार पुनरावेदन हुनेदेखि सजाय ठकर भएकाहरु पनि पुनरावेदन गएका जस्ता स्टिङ अप्रेसन गर्नुपर्ने मुद्दाको लामो समयदेखि फैसला हुन सकेको छैन । अहिले सर्वोच्चमा दरबन्दी अनुसारको न्यायधीश नहुँदा पनि यसखाले समस्या भएको देखिन्छ । पेसी व्यवस्थापनको कार्ययोजना अनुरुप २१ न्यायधीश हुने अनुमान छ । एक महिना अघि नै सर्वोच्चको न्यायधीश सिफारिस हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर, सर्वोच्चमा १६ न्यायधीशको भरमा कार्य सम्पादन हुने गरेका कारण यो अवस्था पैदा भएको बुझिएको छ । सर्वोच्चको न्याय सम्पादन जस्तो अनिवार्य एवम् संवेदनशील मुद्दा दशकौदेखि पार लाग्न नसक्दा यसले स्वभाविक कानुनी उल्झन त ल्याउछ नै, यसको विविध पाटोमा असर पर्दै आएको छ । यसर्थ, यस सन्दर्भमा संवैधानिक निकाय लगायत सरोकारवालाको विशेष ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com